back
NMB ad

कार्यालयको जग्गा व्यवस्थापनको लागि १ करोड

Kumari bank ad

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले कार्यालयको जग्गा व्यवस्थापनको लागि १ करोड रुपैयाँ विनियोजित गरेको छ । गाउँपालिकाको पाँचौ गाउँसभाले आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयको जग्गा व्यवस्थापन गर्नको लागि १ करोड रुपैयाँ विनियोजित गरेको हो ।

आफ्नै भवन नभएका कारण काठेखोला गाउँपालिका वडा नम्बर ६ मा घर भाडामा ल्याएर कार्यालय संचालन गर्दै आएको गाउँपालिकाले जग्गा व्यवस्थापनको लागि गाउँपालिका अध्यक्ष अमर थापाको अध्यक्षतामा ५ सदस्य जग्गा व्यवस्थापन समिति गठन गरि जग्गाको खोजी गरिरहेको छ ।

कार्यालयको भवन निर्माणको लागि सुल्डाँडा र अक्षेते वरीपरि जग्गाको खोजी भईरहेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । उहाँले यस आर्थिक वर्षभित्र जग्गाको व्यवस्थपन गरि आफ्नो कार्याकालसम्म भवन निर्माणको कामलाई अगाडी बढाउने बताउनुभयो ।

गाउँपालिकाले अहिले २ ओटा घरको पाँच ओटा फल्याट भाडामा ल्याएर कार्यालय संचालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क.ले जानकारी दिनुभयो । विकका अनुसार गाउँपालिकाको कार्यालयको लागि ३ ओटा फ्ल्याट ल्याइएको छभने अन्य स्वास्थ्य, कृषि, भेटनेरि लगायतका शाखाहरुको लागि २ ओटा फ्ल्याट ल्याएर कार्यालय व्यवस्थापन गरिएको छ । दुई वटा घरमा कार्यालय संचालन गर्दैगर्दा सेवा संचालनमा समस्या भैरहेको अधिकृत विकले बताउनुभयो ।

यस्तै गाउँपालिकाका वडा नम्बर १, ५ र ६ को पनि आफ्नै कार्यालय छैनन् । तीन वटै कार्यालयहरु भाडाको घरहरुबाट  संचालन भइरहेका छन् । गाउँपालिकाले आफ्नै कार्यालय, तीन वटा वडा कार्यालय र वडा नम्बर ३ को स्वास्थ्य इकाइको गरि मासिक ८५ हजार रुपैयाँ भाडा तिर्दै आएको छ ।

काठेखोला गाउँपालिकाका वडा नम्बर ५ र ६ ले जग्गा व्यवस्थापन गरिसकेका छन् । जग्गा वडाको नाममा ल्याउन काम अगाडी बढाइरहेको वडाअध्यक्षहरु बताउछन ।

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार ११:२८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...