आठ हजार घुस सहित मालपोत कार्यालयका सुव्वा र खरदार पक्राउ

काठमाडौं ।  मालपोत कार्यालय टीकापुरका दुई कर्मचारी घुस रकमसहित पक्राउ परेका छन । मालपोत कार्यालय टीकापुरका नायब सुब्बा सिंहबहादुर कुवँर र खरिदार नरराज पाण्डे आठ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनीहरुलाई लम्की चुहा नगरपालिका वडा नम्बर ३ व्यवस्थीत नगरबाट आइतबार साँझ पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा उनीहरुलाई अख्तियारका अर्जुन सिंह साउँदको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोज कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले बताउनुभयो ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको नियन्त्रणमा राखिएको छ ।

२०७६ साउन २० गते प्रकाशित

२०७६ साउन २० गते १५:१० मा प्रकाशित

You can share this post!

सरकारी विद्यालयमा आइटी ल्याव स्थापनाका लागि ३ अर्बको ठेक्का

“सुदुरपश्चिम प्रदेश सरकारले २५ करोडका गाडी खरिद”

Related posts