back
NMB ad

धादिङबेसी बजार सुन्दर भएको हेर्ने तपाई हाम्रो सपना अब छिट्टै पुरा हुने

Kumari bank ad

धादिङ । धादिङबेसी बजार सुन्दर भएको हेर्ने तपाई हाम्रो सपना अब छिट्टै पुरा हुने भएको छ । जिल्लाको पहिलो र ठूलो नगरपालिका नीलकण्ठ नगरपालिकालाई कसरी सुन्दर बनाउने भनेर जनप्रतिनिधि मात्र होइन, नगरबासी , नागरिक अगुवा र सञ्चारकर्मी सबै एक जुट भएर लागि रहेका छन् । सिङ्गो नगरपालिकालाई सुन्दर बनाउने अभियान अन्तर्गत पहिलो खुड्कीलोको रुपमा धादिङबेसीको सडकपेटीलाई व्यवस्थित बनाइने भएको छ ।

धादिङबेसीमा सडक छ तर, पेटी छैन । हुन त हामी बुझ्दै नबुझी घर अगाडीको भागलाई पेटी भनी रहेका छौं । ग्रामीणबजारको लागि त यस्तो अव्यवस्थित र जोखिमपूर्ण पेटीलाई सडकपेटीको दर्जा दिन मिल्दैन भने सदरमुकाम रहेको नगरपालिकाको बजारको पेटीको दर्जा दिन अहिलेको पेटीलाई मिल्ने कुरा नै भएन ।

नीलकण्ठ नगरपालिकाले धादिङ अस्पतालचोकदेखि पुछारबजार चोकसम्मको सडकमा दायाँ र बायाँ पेटी निर्माण गर्न एक करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरि सकेको छ र, यस्तो सबै काम गर्न धादिङबेसी सरसफाई मूल उपभोक्ता समितिलाई नगरपालिकाले जिम्मेवारी प्रदान गरेको छ । समिति अन्र्तगतका पाँच ओटा टोल सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरु स्थानीय बासिन्दालाई सडकपेटीको महत्व बुझाउन अहिले लागि परिरहेको छन् ।

धादिङ उद्योग बाणिज्य संघ र धादिङ च्याम्बर शुरु देखि नै सडकपेटी निर्माण अभियानमा जुटीरहेको छ । सडकपेटी व्यवसायी र अपाङ्गमैत्री हुने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामशरण खत्रीले पिजन खबरलाई बताए । उनले भने–पेटी निर्माणपछि सबै मानिस पेटीबाट हिंड्ने हुँदा त्यस्को व्यवसायमा राम्रो प्रभाव पर्दछ । सडकपेटी व्यवस्थित बनाएका गोरखा र नारायणगढ लगायतका शहरबजारको अनुभवले पनि सडकपेटी स्वतस् व्यवसायी मैत्री हुने देखिन्छ ।

धादिङबेसी सरसफाइ मूलउपभोक्ता समितिले पेटी निर्माण कसरी गर्ने भनेर पटकपटक गोलमेच बैठक संचालन गरि सकेको छ । शनिबार पनि समितिले सुगमटोलस्थित कृष्ण मन्दिरको सभाहलमा सरोकारवालाहरुको बैठक डाक्यो । समितिका अध्यक्ष कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले सडकपेटी तत्काल थाल्न सुझाव दिएको छ ।

यसैगरी टोलटोलमा स्थानीय बासिन्दाको बैठक बसाइ सडकपेटीको महत्व बुझाउने समेत सहमती भएको छ । बैठकमा उद्योग वाणिज्य संघका अध्यक्ष रामशरण खत्री, धादिङ च्याम्बरका अध्यक्ष गोविन्द कुमार श्रेष्ठ, धादिङबेसी खानेपानी मूल उपभोक्ता समितिका अध्यक्ष गणेश श्रेष्ठ, नगरसभा सदस्य गोपिकृष्ण भण्डारी, शिक्षाविद् कृष्ण प्रसाद दाहाल, अधिकारकर्मी सीताराम वर्मा र पिजन खबरका प्रबन्ध निर्देशक राजेन्द्र प्रताप शाह लगायतका नागरिक अगुवाहरुको सहभागिता रहेको थियो । (साभारः पिजन खबर)

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार १८:०० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...