एभरेष्ट इन्स्योरेन्सको नबिकेको पाँच लाख २९ हजार कित्ता शेयर लिलामीमा,

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको सर्वसाधारण शेयर पनि बिक्री नभएपछि लिलामी गरिने भएको छ । कम्पनीको संस्थापक शेयर पनि बिक्री भएको थिएन।

म्पनीले १ लाख ४६ हजार ५सय ७५ कित्ता संस्थापक र ३ लाख ८३ हजार २ सय ५ गरी कुल पाँच लाख २९ हजार ७ सय ८० कित्ता शेयर लिलामीमा राखेको हो ।

कम्पनीले गत जेठदेखि असारसम्म शेयर जारी गरेको थियो । जारी गरेकामध्ये बिक्री नभएको शेयर लिलामबाट बेच्न लागिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । इच्छुकले बोलकबोल गरेर मूल्य माथि पुर्याउन पनि सक्छन । शेयर खरीदका लागि भदौ ८ गतेसम्म आवेदन दिइसक्नु पर्ने छ ।

२०७६ साउन २२ गते प्रकाशित

२०७६ साउन २२ गते १०:०६ मा प्रकाशित

You can share this post!

सहकारीको १८ लाख ठग्ने प्रतिमा सिटौला प्रकाउ

माइतीघर मण्डलामा बम भेटियो, नेपाली सेनाद्धारा निष्क्रिय

Related posts