धितोपत्र बार्डले दियो सिद्धार्थ बैंकलाई २ अर्ब ५० करोड बराबरको ऋणपत्र जारी गर्ने अनुमति

काठमाडौं । धितोपत्र बार्डले सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई (युनिट) ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ/संस्थालाई विक्री गर्नेछ ।

ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गर्ने भने यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

२०७६ साउन २३ गते प्रकाशित

२०७६ साउन २३ गते ११:३७ मा प्रकाशित

You can share this post!

धादिङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यू

उपभोक्तालाई शुद्धीकरण गरिएको पानी वितरण

Related posts