back
NMB ad

“सुनको उल्टो व्यपार”

Kumari bank ad

काठमाडौं । सुनको मूल्य अकासिएपछि पसल सुनसान बन्न थालेका छन । चितवनका अधिकाँस सुनचाँदी पसल ‘पुराना गहना संकलन केन्द्र’ जस्तो बन्न थालेका छन ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योती सदाशंकरले बजारनै अन्योलग्रस्त बनेको बताए । “मूल्य निरन्तर उकालो लागेको छ, लगानी गर्नसमेत अप्ठ्यारो छ,” उनी भन्छन, “नयाँ गहना किन्नभन्दा पुरानै बेच्न बढी आउने गरेका छन् ।” पुराना गहनामात्रै खरिद गर्नुपर्ने बाध्यतामा व्यवसायी छन् ।” उनले तीजको मुखमा सुनको कारोबार बढी हुने भए पनि यस पटक खडेरीको संकेत देखिएको बताए ।

चितवनमा करिव ५ सय सुनचाँदी पसल छन । नारायणगढ, भरतपुर क्षेत्रमा मात्रै झन्डै ३ सय यस्ता पसल छन् । बुधवारमात्र ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य विहीवार प्रतितोला ५ सयले बढेर ७० हजार पुगेको छ । जुन अहिलेसम्मकै उच्च मुल्य हो ।

जय सन्तोषीमा सुनचाँदी शोरुमका सञ्चालक रुविन रामुदामु बजार सुस्ताएको बताउँछन । “पसलमा पैसा आउँदैन, पुराना मात्रै सुन आउन थालेका छन”, उनी भन्छन, “सिजनको मुखैमा व्यापार छैन, खरिदकर्ता जस्तो बनेका छौं ।” ८० प्रतिशत व्यापारमा गिरावट आएको उनी बताउँछन् । “प्रतितोला ४०/५० हजारमा किनेका सुन बेच्न आउने केही छन,” उनी भन्छन, “मूल्य बढेकाले सुन बेच्न उपभोक्तानै आउँछन, हामीले किन्नुपरेको छ ।”

लोकमान एन्ड सन्स सुनचाँदी पसलका सञ्चालक निलेनमान शाक्य पुराना गहना दिएर नयाँ गहना लैजाने ग्राहक आउन थालेको बताउँछन् । “गहनाका डिजाइन धेरैले हेर्छन, मूल्य सुनेपछि पछि किनौला भन्दै धेरै फर्किन्छन”, उनले भने, “मुस्किलले ३० प्रतिशत मात्रै नयाँ ग्राहक आउँछन् ।” गत वर्षको तुलनामा मुस्किलले २० प्रतिशत व्यापार भएको उनी बताउँछन् । “तीज सुन कारोबारको सिजन पनि हो,” उनले भने, “तर अहिले व्यापार शून्य जस्तै छ ।”

संघका अनुगमन समिति संयोजक ननेन्द्र बराइली पसल उपभोक्ता जस्तो बनेको बताउँछन् । “उपभोक्ताले बेच्न आउनुहुन्छ, हामीले किन्छौं, ठ्याक्कै उल्टो व्यापार छ,” उनले भने, “गत तीजको एक महिनामा चितवनमा २०–३० केजी सुन खपत थियो, अहिले १० केजी पनि हुन गाह्रो देखियो ।” उनी देवचुली सुनचाँदी पसलका सञ्चालक हुन् ।

नेपाल राष्ट्र बैंकले कोटा निर्धारण गरेर सुन उपलब्ध गराउने गर्छ । दैनिक २० केजी सुन दिने गर्छ । सुनचाँदी महासंघमार्फत चितवनमा प्रत्येक हप्ता ३ केजी सुन आउँथ्यो । “संघले सुन ल्याउन छाडेको २ महिनै हुन लाग्यो,” उनी भन्छन “पसलमा पुराना गहना थुप्रिन थालेका छन, किन्न आउने निकै कम छन् ।” तीजको मुखमा समेत व्यापारमा मन्दी लागेपछि व्यवसायी निराश छन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाइलीले कालीगढसमेत अप्ठ्यारोमा परेको बताए । “व्यापार नहुँदा पसलको भाडा तिर्न त समस्या आउने देखियो,” उनले भने, “ज्यालादारीका कालीगढ काम नपाउँदा निकै समस्यामा परेका छन ।

नयाँ सुनका गहनाको माग नै हुन छाडेपछि समस्या बढ्यो ।” चितवनमा १ हजार कालीगढ छन् । कामै नपाएपछि कालीगढको आम्दानीको स्रोतनै बन्द हुन पुगेको छ । “सौखले सुन लगाउनेको संख्या निकै घटेको छ,” उनी भन्छन “गत वर्ष अर्डरका गहना बनाउनै हम्हम्मे थियो, यसपालि सुरुमै निराशा देखियो ।”

मूल्यमा अझै एक हप्ता अस्थिरता कायम भएमा पुराना गहना खरिदको काम बन्द गर्नुपर्ने अवस्था आउने व्यवसायीहरू बताउँछन् । -कारोवार दैनिका बाट

२०७६ साउन २३ गते प्रकाशित

वि.सं.२०७६ साउन २३ बिहीवार १४:०६ मा प्रकाशित

You can share this post!

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत   

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२१

महेन्द्रनगर (कञ्चनपुर), ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ...

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:१५

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।...

सर्वोत्तम सिमेन्टको पहिलो सेयर कारोबार सुरु, कतिमा भयो ?

सर्वोत्तम सिमेन्टको पहिलो सेयर कारोबार सुरु, कतिमा भयो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:०७

काठमाडौं । बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको...

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:१२

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक...

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी   

वि.सं.२०८० चैत ६ मंगलवार ०७:०५

काठमाडौँ, ५ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ०६:५८

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी...