back
NMB ad

साढे ३९ करोडको तरकारी आयात

Kumari bank ad

विराटनगर । सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताइरहेका बेला विराटनगर भन्सार नाकाबाट मात्रै साढे ३९ करोडभन्दा बढीको तरकारी आयात भएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा पूर्वको प्रमुख भन्सार नाकाका रूपमा रहेको विराटनगरबाट ३९ करोड ५५ लाख ५३ हजार मूल्य बराबरको तरकारी आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । सरकारले कृषिजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न योजना अघि सारे पनि आयात हरेक दिन बढ्दै गरेको छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलका अनुसार आलु, प्याज, खुर्सानी, सुकेको लसुन, विभिन्न खाले हरियो तरकारी, केराउ, बोडी, चना, दाल कागतीलगायत आयात भएको थियो ।

यो अवधिमा विराटनगर नाकाबाट ११ लाख ८८ हजार किलोग्राम दाल र करोड ९ लाख ६५ हजार मूल्य बराबरको फलफूल पनि आयात भएको छ । स्याउ, आँप, लिची, अनार, तरबुजालगायतका फलफूल आयात भएको सूचना अधिकृत पौडेलले जानकारी गराए ।

फलफूल र तरकारी आयातबाट राज्यलाई १० करोड ७९ लाख २० हजार राजस्व प्राप्त भएको छ । वैदेशिक रोजगारीका कारण कृषिजन्य उत्पादनमा ह्रास आएको छ । स्वदेशी उत्पादनमा ह्रास आउँदा हरेक दिन आयात बढ्दै गएको छ ।

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार १२:४१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...