back
NMB ad

७०% लाभांश पारित गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशनको सकियो साधारण सभा

Kumari bank ad

काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेशन (नेपाल) ले ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा शुक्रावर सम्पन्न कम्पनीको १७ औं वार्षिक साधारण सभाले पारित गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ३४.४६ प्रतिशत बोनस शेयर र ३५.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले बोनस शेयर वितरणपश्चात कायम हुन आउने दशमलव पछिको अंकलाई सम्वन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्र्रस्तावलाई समेत पारित गरेको कम्पनीले जनाएको छ ।

सोहीअवसरमा आव २०७५/७६ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक मदन निरौलालाई पुनः नियुक्ति दिएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन ९ गतेदेखि बुक क्लोज गरेकोले सो लाभांश साउन ८ गते बुधवारसम्म कायम सदस्यहरुले मात्र पाउने भएका छन् ।

सभाले कम्पनीको रजिष्टर (कर्पोरेट) कार्यालय पुतलीसडक स्थित स्टार मलको चौथो तल्लामा रहने प्रस्तावलाई पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी . १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार रुपैयाा रहेको छ ।

प्रस्तावित ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ९९ लाख ५९ हजार पुग्नेछ ।

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार १४:५५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...