प्यूठान । ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाको ११ लाख ४५ हजार रुपैयाँ चोरी भएको छ । सरुमारानी गाउँपालिका–४ बडडाँडास्थित सहकारीको भवन तोडफोड गरी बिहीबार राति उक्त रकम चोरी भएको हो ।
रातिको समयमा कार्यालय भवनको ढोका फोरेर बक्सभित्र राखिएको उक्त रकम चोरी भएको सहकारीका व्यवस्थापक रेवतप्रसाद खनालले जानकारी दिए ।साँझपख सहकारीमा भएको खरिद बिक्री र रेमिट्यान्सबाट संकलन गरेर राखिएको रकम चोरी भएको उनको भनाइ छ ।
गाउँपालिका कार्यालय नजिकै रहेको उक्त सहकारीको क्षेत्रमा सीसी क्यामरा र सडक बत्ती समेत जडान गरिएको छ ।
बैंकमा इन्टरनेट आउने जाने हुँदा पैसा जम्मा गर्न पाएको थिएनौँ, ’खनालले भने, ’बिहान कार्यालय खोल्दा तोडफोड गरेर पैसा चोरी भएको देखियो।’
चोरीको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन २४ गते प्रकाशित
वि.सं.२०७६ साउन २४ शुक्रवार १६:०४ मा प्रकाशित