back
NMB ad

बागलुङमा लोकल कुखुराको व्यवसायिक पालन, मासिक ४० हजार मुनाफा

Kumari bank ad

बागलुङ ।  उन्नत जातका कुखुरापालन बढेको बेला यहाँका एक किसानले भने स्थानीय जातको कुखुराको व्यावसायिकपालन गरेका छन । बागलुङ नगरपालिका–३ रातामाटाका बैकुण्ठ सापकोटाले ‘साकिने’ जातको कुखुरापालनबाट राम्रो आम्दानी गर्दै आएका छन ।

सापकोटाले गत माघदेखि व्यावसायिक कुखुरापालन शुरु गरेका हुन । उनको ‘फार्म’ मा अहिले तीन सयभन्दा बढी स्थानीय जातका कुखुरा छन् । चार महीनाको अवधिमा एक लाखभन्दा बढीको भाले बिक्री गरेको सापकोटाको भनाइ छ । “मासुसँगै चल्ला र अण्डाको पनि उत्तिकै माग छ”, उनले भने, “उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।” काठमाडौँ, हेटाँैडा, कपिलवस्तु र पोखराका ‘ह्याचरी’ बाट अण्डाको माग आउने गरेको छ । घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको संख्या पनि बढ्दो छ ।

“अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, सापकोटाले भने, “स्थानीय जातका कुखुरापालनमा बिस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । सदरमुकाम बागलुङ बजारमा होटल, रेष्टुराँमै मासुका रुपमा कुखुरा बढी खपत हुन्छ । अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु सात सयमा बिक्री हुने गरेको सापकोटाको छ । अण्डा रु १५ र एक साताको चल्ला रु १२५ मा बिक्री हुँदै आएको छ । कुखुराले दैनिक १५० भन्दा बढी अण्डा दिन्छ ।

स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने भएको हुँदा पाँच/छ महीनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई जस्तो नियमित खोप, औषधि खुवाउनु नपर्ने सापकोटाको भनाइ छ । “बारीमा चर्छन, घरकै गहुँ, मकै, भुसको दाना खान्छन्”, सापकोटाले भने । कुखुरापालनबाट मासिक रु ३५ देखि ४० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल भएका हुन । स्थानीय जातको कुखुरापालनलाई थप व्यवस्थित र विस्तार गर्ने योजना उनको छ । कुखुरापालनका लागि शुरुमा उनले रु चार लाख गरेका थिए । काठमाडौँबाट स्थानीय जातको कुखुराको चल्ला ल्याएर व्यावसायिक रुपमा पाल्न शुरु गरेको सापकोटाले बताए ।

‘सापकोटा कृषि फार्म’ सञ्चालनमा ल्याएका उनले व्यावसायिक कुखुरापालनसँगै बाख्रापालन र तरकारी खेती पनि गर्दै आएका छन । ‘फार्म’ मा अहिले १६ वटा बाख्रा छन् । तीन रोपनी क्षेत्रफलमा तरकारी खेती छ । पढाइमा स्नातक सापकोटाको तरकारी खेती भने पुरानै हो । “नयाँ सीप र प्रविधिअनुसार तरकारी खेती गरिरहेको छु”, उनले भने, “दुई वटा हाइटेक टनेलमा तरकारी खेती छ ।”

सापकोटालाई कृषि पेशामा श्रीमती जमुना, आमा लक्ष्मी र बुबा बद्रीले पनि सघाउँदै आएका छन । कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित व्यावसायिक कृषिमा लागेको सापकोटाको भनाइ छ । व्यवसाय बढाएपछि अन्य व्यक्तिलाई पनि रोजगारी दिन सकिने उनले योजना बनाउनुभएको छ । सदरमुकाम नजीकै रहेकाले कुखुरा र अन्य कृषि उत्पादन बेच्न कुनै समस्या छैन । -रासस

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार १६:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...