back
NMB ad

२ अर्बले घट्यो जडिबुटीजन्य उद्योगमा लगानी, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । पछिल्लो सात वर्षमा जडिबुटी उद्योगमा निजी क्षेत्रको लगानी २ अर्बले घटेको छ । लगानीमैत्री वातावरण नहुनु तथा निजी लगानीको प्रतिफल सुनिश्चतता अभावका कारण जडिबुटीजन्य उद्योगमा निजी क्षेत्रको लगानी घटेको हो ।

७ वर्षअघि जडिबुटीजन्य उद्योगमा निजी क्षेत्रको ७ अर्ब लगानी रहेको थियो । तर, हाल ५ अर्बमात्रै लगानी रहेको जडिबुटी उत्पादक तथा व्यवसायी संघले बताएको छ ।

संघका अनुसार सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण तयार नगर्नु, झन्झटिलो सरकारी नीति, श्रमिकको अभाव, लगानीको प्रतिफल सुनिश्चत नहुनु, बिमा सुविधा नहुनु, उत्पादन घट्नु, अनुदानको व्यवस्था नहुनुलगायतका समस्याका कारण जुडिबुटीजन्य उद्योगमा निजी क्षेत्रको आकर्षण घट्दै गइरहेको  कारोवार दैनिकमा समाचार छ ।

निजी क्षेत्रलाई लगानीमैत्री वातावरण तयार गर्न सरकार तयार नरहेको र उल्टै झन्झटिलो नीति तर्जुमा गरिरहेको भन्दै उद्यमीहरूले आपत्ती बताइरहेका छन् ।

जडिबुटीमा निजी क्षेत्रको लगानी घट्दै जाने हो भने जडिबुटीबाट मुलुकलाई आर्थिक समृद्धि गर्ने सरकारी नीति पनि सफल नहुने उनीहरूको भनाइ छ । सरकारले समयमा नै लगानीमैत्री वातावरण तय नगरे अझै जडिबुटीजन्य उद्योगमा निजी क्षेत्रको लागनी घट्दै जाने उनीहरूको तर्क छ ।

वन तथा वातावरण मन्त्रालयले भने जडिबुटी खेती तथा वनजन्य उद्योगमा निजी क्षेत्रको लगानीमा आकर्षण गरिने बताएको छ ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार १०:४३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...