ताप्लेजुङ । सरकारी निकायको तथ्यांकलाई मान्ने हो भने ताप्लेजुङमा वार्षिक अढाइ अर्बको आलु उत्पादन हुन्छ।हिमालदेखि औलसम्मका ९० प्रतिशत कृषकले आलुखेती गर्छन । तर, जिल्लाको उत्पादनले दुई महिना पनि धान्दैन ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत आर्थिकक वर्ष ४२ हजार मेट्रिक टन आलु उत्पादन भयो । यहाँको आलु ४० देखि सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ । सदरमुकाम फुङलिङदेखि गाउँसम्मका स्थानीयले बाहिरी जिल्लाबाट आलु खरिद गर्नुपर्ने अवस्था छ ।
जिल्लामा कति आलु आयात गरिन्छ र माग कति हो भन्ने तथ्यांक कसैसँग छैन । व्यावसायीका अनुसार स्थानीय आलुले पाँच प्रतिशत पनि माग धान्दैन । ‘अहिले लोकल आलुको सिजन हो र पनि हप्तामा ४० क्विन्टलभन्दा बढी बाहिरबाट ल्याउनुपर्ने अवस्था छ’, उनले भने, ‘स्थानीय आलु अबको एक महिनामा सकिने हुँदा त्यसपछि दोब्बर आयात गर्नुपर्छ।’
स्थानीय आलुको मूल्य प्रतिकिलो ७० देखि ८० र आयातित आलुको ४० देखि ४५ रुपैयाँ छ । (अन्नपुर्ण पोष्टबाट)
२०७६ साउन ३१ गते प्रकाशित
वि.सं.२०७६ साउन ३१ शुक्रवार १४:०१ मा प्रकाशित