back
NMB ad

नेपाल विद्युत प्राधिकरणले कर्मचारीलाई दिने भयो बोनस, कति पाउने भए त बोनस ?

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कर्मचारीलाई बोनस दिने भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणका कर्मचारीलाई बोनस दिने निर्णय भएको जानकारी दिनुभएको छ ।

‘प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको छ’ प्राधिकरणको ३४ औं वार्षिकत्सवमा उहाँले भन्नुभयो, ‘सबै तहका कर्मचारीले जनही ७ हजारका दरले मुनाफा पाउँछन।

निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि वृद्धि गरिएको छ ।’
मन्त्री पुनले कर्मचारीले महंगी भत्ता वापत प्रतिमहिना २ हजार पाउने उल्लेख गर्नुभयो । यसअघि प्राधिकरणले कर्मचारीहरुको मंहगी भत्ता रोकेको थियो ।

मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको सेवा सुविधा बढ्नुले यो वर्ष गौरवको र उपलब्धिको वर्ष भएको भन्दै खुशी व्यक्त गर्नुभयो । प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ ।

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार ११:३९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...