back
NMB ad

वडावडामा सौर्यबत्ती

Kumari bank ad

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले वडावडामा सौर्य ऊर्जा जडानकार्य अगाडि बढाउन थालेको छ । सौर्य ऊर्जामा आधारित बत्ती र सिँचाइका लागि सौर्य पम्प जडान गर्न ६३ लाख रकम विनियोजन गरी काम अगाडि बढाइएको छ ।

वडाको माग र आवश्यकताका आधारमा बजेट बाँडफाँड गरी काम अगाडि बढाइएको नगरपालिकाको ऊर्जा समितिका संयोजक कमल गिरीले बताउनुभयो ।

वडाध्यक्षहरुसँग लामो छलफल गरी सहमति गर्ने प्रयास गरिए पनि सहमति हुन नसकेपछि आवश्यकताका आधारमा बजेट बाँडफाँड गरिएको उहाँले जानकारी दिनुभयो ।

गत आवमा नगरपालिकाले गोबरग्यास प्लान्ट निर्माण र सौर्यबत्ती जडानकै लागि १२ लाख बजेट खर्च गरेको छ । ऊर्जा शाखाका कर्मचारी सुरेन्द्र भट्टका अनुसार सात लाख रुपैयाँ खर्चेर ४७ बायोग्यास प्लान्ट निर्माणका लागि अनुदान रकम दिइएको थियो ।

गोबरग्याँस प्लान्ट निर्माण गर्ने बासिन्दालाई प्रतिप्लान्ट १४ हजार ४०० रुपैयाँका दरले अनुदानको रकम दिइएको थियो ।
-रासस

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार ११:५५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...