back
NMB ad

छ महिनापछि स्मार्ट मिटर

Kumari bank ad

काठमाडौं ।  विद्युत् वितरण प्रणालीलाई थप चुस्त बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले अबको छ महिनामा ग्राहकलाई स्मार्ट मिटर उपलब्ध गराउने गरी तयारी तीव्र पारेको छ ।

प्राधिकरणका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकाबाट यसको सुरुवात हुनेछ । डेढ वर्षभित्र पूरा हुनेगरी उपत्यकामा ९८ हजार स्मार्ट मिटर जडान गर्न लागिएको हो ।

प्राधिकरण आयोजना व्यवस्थापन विभाग प्रमुख मनोज सिलवालका अनुसार प्राधिकरणको महाराजगञ्ज र रत्नपार्क वितरणअन्तर्गतका उपभोक्ताको परम्परागत मिटरहरू स्मार्ट मिटरबाट प्रतिस्थापित हुनेछन ।

“अबको १८ महिनाभित्र ९८ हजार स्मार्ट मिटर जडान गरिसक्ने गरी तीन महिना पहिलेदेखि नै काम सुरु भइसकेको छ,” उहाँले भन्नुभयो, पुराना मिटर प्रतिस्थापनको काम छ महिनामा सुरु गर्ने योजना छ ।

चिनियाँ ठेकेदार कम्पनीले अहिले स्मार्ट मिटर सञ्चालनका लागि आवश्यक सञ्चार प्रणाली स्थापनाको काम गरिरहेको छ । प्राधिकरणले यस्तो सञ्चार प्रणाली मुलुकभर नै विस्तार गर्नसक्ने गरी स्थापना गर्न लागेको हो ।

स्मार्ट मिटरलाई विद्युत् कार्यालयबाटै अनुगमन, नियन्त्रण तथा व्यवस्थापन गर्न मिटरका सूचना सर्भरमा ल्याउनका लागि छुट्टै सञ्चार प्रणाली स्थापना गर्न लागिएको हो ।

२०७६ भदौ ५ गते प्रकाशित

वि.सं.२०७६ भदौ ५ बिहीवार १०:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...