काठमाडौं । सनराइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेञ्चर निष्कासनसम्बन्धी सम्झौता भएकोे छ ।
उक्त सम्झौता अनुसार सिद्घार्थ क्यापिटलाई ‘सनराइज डिबेञ्चर २०८३’ को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकका रूपमा नियुक्त गरिएको छ भन्दै बैंकले अर्धवार्षिक रूपमा भुक्तानी हुने गरी १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको ३ अर्ब रुपैयाँ रकम बराबरको उक्त डिबेञ्चरको समय अवधि ७ वर्षको रहने जनाएको छ ।
सम्झौतापत्रमा सनराइज बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र सिद्घार्थ क्यापिटलका तर्फबाट प्रमुखकार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको थियो ।
२०७६ भदौ ५ गते प्रकाशित
वि.सं.२०७६ भदौ ५ बिहीवार १२:४७ मा प्रकाशित