back
NMB ad

सुनको भाउ भन्दा कम छैन खसीबोकाको मुल्य, दशैँमा झनै बढ्ने

Kumari bank ad

काठमाडौं । सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै बजारमा मूल्य अकासिएको छ । पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २ सय रुपैयाँ बढेको छ । प्रतिकेजी ५ सय रुपैयाँ रहेको जिउँदो खसीको मूल्य बढेर ७ सय रुपैयाँसम्म पुगेको छ ।

स्वदेशमा पर्याप्त खसीबोका नपाउँदा आयात नियन्त्रणले बजारमा अस्वाभाविक रूपमा मूल्य बढेको छ र यसको असर आम उपभोक्तामा पर्न गएको छ । हालको ऐनको व्यवस्थाअनुसार छालासहितको पशु बेच्न रोक लगाइएको छ ।

यसैगरी, ‘ऐनको दफा १० मा रहेको बध गरिएको पशुको मासु जाँच गर्दा त्यस्तो मासुमा केही खराबी वा रोग भएको पाइएमा त्यस्तो मासु आंशीक वा पूर्णरूपमा बिक्री वितरणको लागि निषेध गर्न सक्नेछ,’ भन्ने व्यवस्था कडाइका साथ लागू भएपछि भारतबाट खसीबोका तथा मासु आयात घट्दा नेपालमा मूल्य बढेको हो।

बजारमा अभाव देखाएर व्यवसायीले खसीबोकामा कालोबजारी गर्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न गएको छ ।

खसीबोकाको आयात बन्द गरेपछि बजारमा खसीबोकाको मूल्य अस्वाभाविक रूपमा बृद्धि भएको व्यवसायी दिपक थापाले बताउनुभयो ।

“आयातमा रोक लगाएपछि चोरी तस्करीबाट खसीबोका आयात भइरहेका छन” उहाँले भन्नुभयो, “यसले गर्दा राज्यको करोडौं राजस्व पनि गुमेको छ ।

”आयात बन्द गरेसँगै बजारमा अभाव देखाएर विचौलियाले मनपरी मूल्य निर्धारण गर्दा बजारमा खसीबोकामूल्य बढ्न गएको उहाँको भनाइ छ ।

“सरकार नै मूल्य बढाउनमा प्रोत्साहन गरिरहेको छ, प्रहरी प्रशासनसँग मिलेर गैरकानुनी तरिकाले ल्याएका खसीबोका स्वदेशी भनेर बिक्री भइरहेका छन,” उहाँले भन्नुभयो ।

सरकारले बजार मूल्य निर्धारण नगर्दा व्यवसायीले मनपरी मूल्य निर्धारण गर्दा त्यसको असर आम उपभोक्तामा पर्न गएको छ । आयातमा रोक लगाएपछि व्यवसायीले काटेर प्याक गरेका मासुसमेत भित्र्याउने गरेको उहाँको भनाइ छ ।

अस्वस्थकर खसीबोका आयातमा रोक लगाउनका लागि सरकारले ६ महिनाअघिदेखि भन्सार विन्दुमा क्वारेन्टाइन सर्टिफिकेट अनिवार्य गरेको थियो ।

आयातमा कडाइ गरेपछि व्यवसायीले गैरकानुनी ढंगले खसीबोकाको आयात गरिरहेका छन ।आन्तरिक उत्पादनले माग धान्न नसकेपछि व्यवसायीले स्थानीय माग पूरा गर्न बाहिरबाट खसीबोका आयात गरिहेका छन ।

सरकारले खसीबोका आयात गर्नका लागि भन्सारमा क्वारेन्टाइन सर्टिफिकेट अनिवार्य गरेपछि बजारमा गैरकानुनी ढंगले खसीबोका आयात भइरहेको छ ।

सामान्य अवस्थामा उपत्यकामा दैनिक एक हजार देखि १ हजार दुई सय संख्यामा खसीबोकाको खपत हुने गर्छ ।
अन्य सिजनभन्दा चाडपर्वमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने गर्छ । दसैंको बेला उपत्यकामा ५० देखि ६० हजार संख्यामा खसीबोकाको खपत हुने गर्छ ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि अधिकांश खसीबोका छिमेकी मुलुक भारतबाट आयात हुने गर्छ । यो वर्ष सरकारले आयातमा रोक लगाएपछि दशैमा खसीबोकाको मासु थप महँगिने व्यवसायीले बताएका छन ।

दसैंमा मात्र खसीबोकाका लागि वर्षेनि ६ देखि ८ अर्ब रुपैयाँ बाहिरिने गरेको छ । (कारोवार दैनिकबाट)

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार ०८:१६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...