back
NMB ad

यसरी मनाउदैछन सेलेब्रिटीहरुले तिजः कोही सुटिङमा, कोही नाचगानमा

Kumari bank ad

काठमाडौं ।  अभिनेत्री नीता ढुंगानाले भदौ १३ र १४ लाई तिजको सपिङका लागि छुट्याएकी छिन । यसपटक जमेरै तिज मनाउने सुर कसेकी उनले यसबीचमा सुटिङबाट पनि बिदा लिएकी छिन।

भन्छिन, ‘हेटौँडास्थित घर गएर यसपालिको तिज परिवारसँग मनाउने योजनामा छु ।’ यसबीचमा उनले दुईवटा तिज गीतमा मोडलिङ गरेकी छन । भन्छिन, ‘अरूको नक्कल गर्नुभन्दा आफ्नो क्षमताले भ्याएसम्म मनाउनुपर्छ । भड्किलो तिजबाट केही फाइदा छैन ।’

अभिनेत्री करिश्मा मानन्धरले एउटा तिज गीतमा अभिनय गरिन । यसपटक आमासँग बसेर दर खाने योजना बनाएकी छन, उनले । तिजकै लागि भनेर कुनै किनमेल नगरेकी उनी सामान्य हिसाबमा यो पर्व मनाउने सोचमा छिन ।

भन्छिन, ‘तिजमा लगाएर होइन, साधारण भेटघाट र नाचगान गरेर मनाउने सोचमा छु ।’ विनातडकभडक तिज मनाउन चाहन्छिन उनी । भन्छिन, ‘यो मौलिक पर्व हो, चाडपर्व पारेर किनमेल गर्ने समाज भएकाले पनि यस्ता पर्व भड्किला देखिएका हुन ।’

यतिखेर राजधानीका पार्टी प्यालेस दर खाने कार्यक्रमहरूले भरिभराउ देखिन्छन । हरियो चुरा, रातो साडी र गरगहनामा सजिएका दिदी–बहिनीलाई तिजको लहरले छोइसकेको छ ।

अभिनेत्री वर्षा शिवाकोटीलाई भने यसपटक त्यस्तो लहरले छोएको छैन । फिल्म ‘लक्का जवान’को सुटिङको व्यस्तताले उनले तिजबारे सोच्न पनि भ्याएकी छैनन । भन्छिन, ‘सुटिङ छोड्न नमिल्ने भएकाले सुटिङ युनिटसँगै मनाउँछु ।’

कलाकारमध्ये कोही तिजका वेला पनि सुटिङमै व्यस्त छन भने कोही परिवार र साथीसँगीसँग तिज मनाउने तयारीमा छन। तडकभडक नगरी तिज मनाउने धेरैको योजना छ ।

अभिनेत्री बेनिशा हमालले तिजकै लागि भनेर समय निकालेकी छैनन् । भन्छिन, ‘सहरमा असारदेखि नै तिज लागेको देखियो, तर मलाई तिजकै दिन विशेष लाग्छ ।’ उनलाई अहिलेको भन्दा बाल्यकालकै तिज रमाइलो लाग्छ रे ! दर खाने बहानामा पार्टी प्यालेस र रेस्टुराँमा देखिने भिडभाडप्रति उनको रुचि छैन । भन्छिन, ‘दर खाने चाडलाई जाँड खाने चाड बनाउनु विकृति हो । भड्किलो तिजले यसको महत्व घटाएको छ ।’

गायिका तथा मोडल सारिका घिमिरेलाई भने यसपटक साउनदेखि नै तिज लागेको थियो । हालै एउटा तिज गीत पनि बजारमा ल्याएकी छन ।

अन्य दुईवटा तिज गीतमा मोडलिङ पनि गरिन । तिज कार्यक्रमहरूमा प्रस्तुति दिन व्यस्त छिन उनी । तिजको सपिङ गरिसकेकी उनी भन्छिन, ‘व्रत बस्न छुटाउँदिनँ र मन्दिर पनि जान्छु ।’ आफ्ना साथीसँगीसँग तिज मनाउने योजनामा रहेकी उनलाई गरगहनाप्रति कुनै रुचि छैन । भन्छिन, ‘भड्किलो तिजले मौलिकता हराउँछ ।’

केही वर्षयता तिजसँगै गीत पनि भड्किला बनेको कुरामा कलाकार नीरु खड्का सहमत छैनन । महिलाहरूको विशेष पर्व भएकाले नयाँ लुगा लगाउनुलाई स्वाभाविक ठान्छिन उनी ।

भन्छिन, ‘मेरो लागि तिज विशेष हो र महत्वका साथ हेर्छुु ।’ यसपटक नीरुले सातवटा तिज गीतमा मोडलिङ गरिन । एउटा तिज गीतको भिडियो उनी आफैँले निर्देशन पनि गरिन । भन्छिन, ‘विभिन्न कार्यक्रमहरूमा बोलाउनुभएको छ । सबैमा जाने कोसिस गर्छु ।’

उनलाई पनि साउनदेखि नै तिजले छोएको थियो । व्यापार प्रवद्र्धनका लागि तिज अवसरका रूपमा देखिएको उनको बुझाइ छ । भन्छिन, ‘विभिन्न संघसंस्था र ब्रान्डेड कम्पनीहरूले तिजलाई व्यापार प्रवद्र्धनको माध्यम बनाइरहेका छन।

यो राम्रो पक्ष हो भन्ने लाग्छ ।’ परिवार र दिदीबहिनीहरूसँग तिज मनाउने योजना छ, उनको । भन्छिन, ‘व्रत बसेर र दर खाएर मनाउँछु । चोक र पेटीमा जमेर नाचिन्छ ।’

अभिनेत्री आष्मा गिरीको भने यसपालिको तिज कुर्तासुरुवालमा मनाउने तयारी छ । हातभरि हरिया चुरा नछुटाउने सोचमा रहेकी उनी भन्छिन, ‘व्रत बस्छु ।

बिहान परिवारसँग रमाउँछु र दिउँसो समूहमा नाचिरहेका साथीहरूसँग हुन्छु ।’ तिजलाई लुगा र गरगहना देखाउने अवसरका रूपमा लिन नहुने आष्माको भनाइ छ ।

‘तिजलाई मौलिक चाडकै रूपमा मनाउनुपर्छ,’ उनी भन्छिन, ‘चाडपर्वमा आफ्नो अवस्थाअनुसार किनमेल गरिन्छ । तर, तडकभडक गरिँदैन ।-नयाँ पत्रिका दैनिकबाट साभार

२०७६ भदौ १३ गते प्रकाशित

वि.सं.२०७६ भदौ १३ शुक्रवार १४:२३ मा प्रकाशित

You can share this post!

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...