काठमाडौं । लगभग डेढ बर्षदेखि रोकिएको मलेसियाको रोजगारी पुनः सुरु हुने भएको छ । नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको मलेसियामा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी सहमति भएको हो ।
नेपाली पक्षको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पुनः पूर्ववत अवस्थामा सूचारु भएको जानकारी दिनुभयो ।
मलेसिया रोजगारमा मुख्य समस्याका रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाई सम्बोधन गर्न मलेसिया तयार भएको पनि सहसचिव घिमिरेले जानकारी दिनुभयो ।
नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको बैठकमा १० बुँदे सहमति भएको छ ।
२०७६ भदौ २६ गते प्रकाशित
वि.सं.२०७६ भदौ २६ बिहीवार १५:०८ मा प्रकाशित