back
NMB ad

नेपालगञ्जमा पर्यटन मन्त्री भट्टराईमाथी दुर्व्यवहारको प्रयास, को थिए दुर्व्यवहार गर्ने ? कारण यस्तो छ

Kumari bank ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई शनिबार नेपालगञ्ज विमानस्थलमा दुर्व्यवहारको प्रयास भएको छ ।

कैलालीको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कनेक्रममा धनगढीमा विमान छुटेका कारण नेपालगञ्जबाट काठमाडौं आउने क्रममा केही ढिला विमानस्थल पुग्नुभएका मन्त्री माथी ४/५ जनाको समुहले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्न खोजेको मन्त्री भट्टराईले जानकारी दिनुभयो । आफुमाथी आक्रोश पोख्दै गालीगलौजमा उत्रिएका व्यक्तिहरुमध्य केहीले पारसका विरुद्ध सात लाख हस्ताक्षर संकलन गरी दरवारमा बुझाएर दुःख दिएको कुरा विर्सन नसकेको समेत बताएको मन्त्रीले फेसबुक स्टाटस मार्फत जानकारी दिनुभएको छ ।

मन्त्री भट्टराईले आइतबार प्रतिनिधिसभाको बैठकमा आफुले जवाफ दिनुपर्ने भएकाले बाध्यात्मक परिस्थितिमा बुद्ध एयरसंग अनुरोध गरी नेपालगञ्जबाट काठमाडौं आउनुपरेको बताउनुभएको छ । उहाँले निर्धारित समयभन्दा १५ मिनेट ढिला पुगेकोमा यात्रुहरुमा पर्न गएको असुविधाप्रति माफी माग्नुभएको छ ।

हेर्नुहोस मन्त्रीको भनाई जस्ताको तस्तै

मन्त्रीमाथी दुर्व्यवहार गर्नेको समुह राजतन्त्रको वकालत गर्ने ज्ञानेन्द्र शाहीको समुह रहेको पुष्टि भएको छ । शाहीले आफ्नो फेसबुक वालमा एक घण्टा विमान रोकेका कारण आफुहरुले बैचारिक रामधुलाई गरेको भन्दै भिडियो सार्वजनिक गर्नुभएको छ ।

हेर्नुहोस शाहीको भिडियो सहितको स्टाटस जस्ताको तस्तै

२०७६ भदौ २८ गते प्रकाशित

वि.सं.२०७६ भदौ २८ शनिवार २२:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...