काठमाडौं । सुनको भाउ विस्तारै घट्न थालेको छ । आइतबार सुन तोलाको ४ सय रुपैयाँ सस्तो भएको छ । छापावाल सुनको मूल्य शुक्रवारको तुलनामा तोलामा ४ सय रुपैयाँ घटेर आइतबार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले नै घटेको हो । यता, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला ८४० रुपैयाँ कायम भएको छ ।
२०७६ भदौ २९ गते प्रकाशित
वि.सं.२०७६ भदौ २९ आइतवार ११:३१ मा प्रकाशित