एनआइसी एसियाको १०% बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । एनआइसी एसिया बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि आइतबार यसको सेयर कारोबार प्रतिकित्ता ४०७ रुपैयाँ २७ पैसालाई आधार मानेर खुलेको छ ।

बैंकले गत वर्षको नाफाबाट ११.०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१.०५२ प्रतिशत लाभांश दिन लागेको हो ।

साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा असोज १० गते बिहान ९ बजे सुरु हुनेछ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ ।

प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

२०७६ भदौ २९ गते प्रकाशित

२०७६ भदौ २९ गते १३:३१ मा प्रकाशित

You can share this post!

कुमारी बैंकको १०% बोनस सेयरमा मुल्य समायोजनः प्रतिकित्ता १८४ रुपैयाँ ५५ पैसामा खुल्यो कारोवार

सुनको भाउमा ओराली यात्रा जारी, अझै घट्ने, यस्तो छ सम्भावना !

Related posts