back
NMB ad

गाउँपालिकाले उपलव्ध गरायो शिक्षक अनुदान कोटा

Kumari bank ad

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सामुदायीक विद्यालयलाई शिक्षक अनुदान कोटाका लागि बजेट उपलव्ध गराउने निर्णय गरेको छ ।

विद्यार्थी संख्याको तुलनामा शिक्षकको दरबन्दी संख्या कम भएको र पठन–पाठनमा कठिनाइ झेलिरहेका विद्यालयलाई छानेर गाउँपालिकाले शिक्षक अनुदान कोटा उपलव्ध गराएको हो ।

गाउँपालिकाभित्रका पाँच वटा माविमा वर्ष दिनका लागि एक/एक जना मावि शिक्षक नियुक्तीका लागि १३ लाख ५० हजार, सात वटा आधारभुत विद्यालयमा एक/एक जना आधारभुत तहको शिक्षक नियुक्ती गर्नका लागि १३ लाख ८६ हजार, तीन वटा प्राविमा एक/एक जना प्रावि शिक्षक नियुक्ती गर्नका लागि ५ लाख ४० हजार र आठ विद्यालयमा बालबिकास केन्द्रको शिक्षक राख्नका लागि ३ लाख ९२ हजार ४ सय गरी कुल ३६ लाख ६८ हजार ४ सय रुपैयाँ बजेट व्यवस्था गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

गाउँपालिकाले मावि तहका करार शिक्षकलाई मासिक ३० हजार, आधारभुत तहका शिक्षकलाई मासिक २२ हजार, प्रावि तहको शिक्षक नियुक्तीका लागि २० हजार र बालविकास केन्द्रका लागि मासिक ५ हजार ४५० रुपैयाँ दिनेगरी शिक्षक अनुदान कोटा उपलव्ध गराएको जनाएको छ ।

नयाँ शैक्षिकसत्रको सुरुमै दरवन्दी मिलान गरेको गाउँपालिकाले शिक्षकको आवश्यकताका आधारमा विद्यालयलाई करारमा शिक्षक नियुक्ती गर्नका लागि अनुदान कोटा दिएको हो । -नागरिक दैनिकबाट

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...