back
NMB ad

‘नेपाल आइडल’ सिजन थ्री’ को अडिसन कहिले र कहाँ ? यस्तो छ तयारी !

Kumari bank ad

काठमाडौं । नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करण घोषणा भएको छ ।

एपी वान एचडीबाट प्रसारण हुँदै आएको ’नेपाल आइडल’ को पहिलो र दोश्रो संस्करणको सफलतापछि तेश्रो संस्करणको तयारी भएको हो ।

यो सिजनका लागि देशका मुख्य ६ वटा सहरमा अडिसन हुँदैछ । मंगलबार पोखरादेखि सुरु हुने अडिसन कात्तिक ६ गते काडमाडौंबाट टुंगिने छ ।

बुटवलमा ३ असोज, नेपालगञ्जमा ६ असोज, वीरगन्जमा १० असोज र विर्तामोडमा १४ असोजमा अडिसन हुँदैछ । मंगलबार पोखराको सिमालचौरस्थित जनप्रिय माविमा अडिसन हुनेछ ।

१६ देखि ३० वर्षको उमेर समूहका नेपाली नागरिकले अडिसनमा सहभागी हुन पाउनेछन । अडिसनमा सहभागी हुन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको फोटोकपी पेस गर्नुपर्ने छ ।

अडिसन बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने नेपाल आइडलका प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलले जानकारी दिनुभयो ।

फर्म भर्न र प्रतियोगितमा भाग लिन कुनै शुल्क लाग्ने छैन । नेपाल आइडल सिजन ३ को निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी रहेका छन ।

अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

नेपाली नागरिकता भएका १६ देखि ३० भित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउने व्यवस्था आयोजकले संस्थाले गरेको छ ।

सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत नेपाल आइडलमा भाग लिन सक्नेछन ।

नेपाल आइडलका प्रस्तोतामा आसिफ शाह फाइनल भए पनि उनका सहकर्मी तय हुन केही दिन लाग्ने कार्यक्रम निर्देशक एलन श्रेष्ठले बताउनुभयो । मंसिरतिरबाट कार्यक्रम प्रशारणमा आउने उहाँकाो भनाइ छ ।

पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए। बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए।

नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्रप्त गर्न सफलले देश विदेशका विभिन्न मञ्चमा प्रस्तुति दिँदै ख्याति कमाएका छन ।

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार १७:४५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...