काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारीको घर बनाउन र गाडी किन्नकलाई मात्रै १ खर्ब ७९ अर्ब १७ करोड सापटी दिएको छ ।
कोषले विभिन्न क्षेत्रमा रु ३ खर्ब ३८ अर्ब ६ करोड लगानी गरेकोमा उक्त १ खर्ब ७९ अर्ब १७ करोड रकम सञ्चयकर्ताले सापटीको रुपमा लिएका हुुन ।
सञ्चयकर्ताबाट असार मसान्त सम्ममा जम्मा भएको ३ खर्ब ४५ अर्ब ६९ करोड मध्यको ९८ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरीएको छ भने २ प्रतिशत रकम विविध सम्पत्ति तथा बैंक मैज्दातमा रहेको कोषले जनाएको छ ।
२०७६ भदौ ०१ गते प्रकाशित
वि.सं.२०७६ असोज १ बुधवार १४:२९ मा प्रकाशित