back
NMB ad

सांसद त्रिपाठीको पहलमा हट्न थाल्यो नागढुंगाको जाम, दीर्घकालिन समाधानको लागि सरकारको ध्यानाकर्षण

Kumari bank ad

काठमाडौं । देशको राजधानी भित्रिने मुख्यद्वार नागढुंगादेखी गल्छीसम्म पुगेको सडक जामले तीन दिन यता सरकारदेखी सर्वसाधारणसम्मको ध्यान खिचेको छ । करिव ४० किलोमिटर लामो जाममा हजारौं सवारी १० घण्टासम्म रोकिंदा दशौं हजार यात्रु सडकमा अलपत्र अवस्थामा थिए । जामको उकुसमुकसकाबीच उपचारका निम्ति काठमाडौं आउँदै गरेका यात्रुको बीच बाटोमै मृत्यु भएको खबरले सञ्चार माध्यमदेखी सामाजिक सञ्जाल भरिएको थियो । यो सबै घटनाक्रमलाई नजिकबाट नियालीरहेका धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठी र नेकपा धादिङका कार्यवाहक अध्यक्ष नेत्रराज पौडेल भने विहानैदेखी तत्कालको लागि जाम खुलाउन र दीर्घकालिन समस्या समाधानका लागि राज्यको ढोका ढकढकाउन व्यस्त रहनुभयो ।

तत्कालको लागि समस्या समाधान गर्न गृह मन्त्री रामबहादुर थापालाई भेटेर सांसद त्रिपाठीले सडकको अवस्था जानकारी गराउँदै समाधानका उपाय समेत सुझाउनु भयो । उहाँले चाड पर्वको बेला सवारी चापलाई ध्यान दिँदै ठुला सवारी रोकेर रातीको समयमा मात्र प्रवेश दिन, प्रहरीको संख्या थप गर्न र विग्रेका सवारी तत्काल हटाउन क्रेनको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद त्रिपाठीको अनुरोधलाई गम्भिरता पुर्वक लिनुभएका गृह मन्त्री थापाले १२ गतेदेखी ठुला मालवहाक सवारी चितवनमै रोक्ने निर्णय उल्ट्याउँदै आजैदेखी रोक्न निर्देशन दिनुभयो । प्रहरीको उच्च नेतृत्वलाई मन्त्रालयमा बोलाएर अत्यावश्यक बाहेक १० चक्केदेखी माथीका मालवहाक सवारी रोक्न कडा निर्देशन दिनुभयो ।

गृह मन्त्रालयबाट निस्किएर सांसद त्रिपाठी नेतृत्वको टोली दीर्घकालिन समाधानका उपाय सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेट्न भौतिक पूर्वाधार मन्त्रालय पुग्यो ।

मन्त्री महासेठलाई सडक जामका कारण यात्रुले भोगेको सास्ती, मुलुकको अर्थतन्त्रमा परेको असर र सरकार प्रति सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यक्त भएका आक्रोश बारे जानकारी गराउँदै सांसद त्रिपाठीले चाडपर्वको समयमा सडक मर्मतका काम स्थगित गर्न, विग्रिएका सवारी तत्काल हटाउन क्रेनको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद त्रिपाठीले यी सामान्य कुरामा ध्यान दिन सके सरकार प्रति सर्वसाधारणको आक्रोश कम हुने बताउनु भयो । सडक जाम हटाउने तत्कालको लागि समाधान भए पनि आगामी दिनमा यो समस्या बल्झिरहने भएकाले दीर्घकालन समाधान गर्न वैकल्पिक मार्गको निर्माणमा तिब्रता दिन अनुरोध गर्नुभयो ।

उहाँले सितापाइला–धार्के सडक निर्माण नहुँदा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण र पृथ्वी राजमार्गको स्तरोन्नतीमा कठिनाई आउने बताउँदै वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकता राख्न अनुरोध गर्नुभयो ।

सांसद त्रिपाठीले उठाउनुभएको सवाललाई गम्भिरतापूर्वक सुन्नुभएका मन्त्री महासेठले बैठकमै यातायात विभागका महानिर्देशकलाई बोलाएर तत्काल रिजल्ट आउनेगरी काम थाल्न निर्देशन दिनुभयो । विभागले आजैदेखी जाम हटाउन र सडक सफा गर्न दुई वटा डोजर पठाएको छ । आजैदेखी लागु हुनेगरी १९ गतेसम्म अत्यावश्यक सामाग्री बाहेकका मालवाहकलाई चितवनमै रोक्ने र दशैं पछि यात्रु फर्कने हुँदा अर्को निर्णय गरेर राजमार्ग जाममुक्त बनाउने प्रतिवद्धता जनाउनुभयो ।

सांसद त्रिपाठी नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र भौतिक पूर्वाधार हेर्ने सदस्य शुसिल भट्टलाई समेत समस्याबारे ध्यानाकर्षण गराउँदै दीर्घकालिन समस्या समाधानका निम्ति वैकल्पिक मार्ग निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।

गृह जिल्ला समेत रहेकोले विहानैदेखी जामको प्रेसरमा रहनुभएका उपाध्यक्ष कँडेलले गृह सचिव प्रेम कुमार राई र भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्कीलाई टेलीफोन गरेर तत्काल समाधानका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।
उपाध्यक्ष कँडेलले वैकल्पिक मार्ग निर्माणमा आफ्नो चासो रहेको बताउँदै छिट्टै सरोकारवाला निकायको सहभागीतामा स्थलगत निरिक्षण गर्ने र काम अगाडी बढाउन पहल गर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य शुसिल भट्टले पृथ्वी राजमार्गको स्तरोन्नती र वैकल्पिक मार्ग निर्माणमा भएको प्रगतिवारे जानकारी गराउँदै पृथ्वी राजार्गको समानान्तर हुनेगरी बेनिदोभान–गल्छी–लामिडाँडा–सितापाइला निस्कने वैकल्पिक मार्ग खोल्न पहल गर्ने बताउनुभयो ।

दिनभरीको पहलबाट नागढुंगाको जाम घट्न थालेको, आजै गृह र यातायातको क्रेन सहित ३ वटा मेसिन सडमा पुगेको, राजमार्गमा प्रहरीको संख्या थपिएको र ठुला मालवाहक सवारी चितवनमै रोकेर राती ११ बजेपछि मात्र छाड्न थालिएको बताउँदै सांसद त्रिपाठीले आफ्नो दिनभरीको मेहनत फलदायी भएको बताउनुभयो ।

आफु निर्वाचित भएर आएदेखी नै पटक पटक नागढुंगा सडकको समस्यावारे संसदमा आवाज उठाउँदै आएको बताउँदै सांसद त्रिपाठीले भन्नुभयो आगामी दिनमा पनि कुनै समस्या नआउनेगरी वैकल्पिक मार्ग निर्माणमा लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो धार्के–सितापाइला यही वर्ष सम्पन्न हुन्छ, बेनिदोभान–गल्छी–लामिडाँडा सडक आफ्नो कार्यकालभरीमा निर्माण सम्पन्न गराएरै छाड्ने बताउनुभयो ।

सांसद त्रिपाठीले यो धादिङको मात्र एजेण्डा नभएर राष्ट्रकै समस्या भएकोले समयमै सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

२०७६ असोज १० गते प्रकाशित

वि.सं.२०७६ असोज १० शुक्रवार २१:१६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...