back
NMB ad

खसीको मासुको मूल्यमा व्यापक वृद्धि, उपभोक्ताले ३० करोडसम्म बढी तिर्नुपर्ने

Kumari bank ad

काठमाडौं । दशैँ सुरु भएसँगै राजधानीमा खसीको मासुको मूल्यमा व्यापक वृद्धि भएको छ।सरकारले भारतलगायत अन्य मुलुकबाट आयात गरिने पशुपंक्षीको अनिवार्य स्वास्थ्य जाँच गरिनुपर्ने कानुनी व्यवस्था कडाइका साथ लागु गरेकाले आयात घट्न गएकाले दशैँका बेला खसीको मासुको मूल्य अझ बढ्ने व्यवसायीहरू बताउँछन ।

केही हप्ताअघिसम्म खसीको मासु प्रतिकिलो ९५० रुपैयाँका दरले बिक्री भइरहेको थियो । तर अहिले काठमाडौं, ललितपुर र भक्तपुरका अधिकांश मासु पसलमा झन्डै १ हजार २५० देखि १ हजार ३०० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ ।

चौपाया खरिद बिक्री सेवा सङ्घका पूर्व अध्यक्ष दीपक थापाका अनुसार सरकारले खसीको आयातमा गरेको कडाइका कारण खसीको मासुको मूल्य १ हजार ५०० देखि १ हजार ६०० रुपैयाँ प्रतिकिलोसम्म पुग्न सक्ने अवस्था छ ।

बजारमा माग र आपूर्तिको अवस्थाले खुद्रा मूल्य निर्धारण गर्ने उनको भनाइ छ। थापाका अनुसार हाल जिउँदो खसीको मूल्य प्रतिकिलो ७०० सम्म पुगेको छ। आपूर्तिमा कडाइ गरिनुअघि त्यो प्रतिकिलो ५४० रुपैयाँको छेउछाउमा थियो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत रहेको पशु सेवा विभागका अनुसार दशैँमा मात्रै करिब ५० हजारओटा खसीको खपत हुन्छ ।

व्यवसायीहरूले बताएअनुसार सालाखालामा प्रत्येक खसीबाट २० किलो मासु तयार हुने हो भने दशैँका बेला मात्रै काठमाडौं उपत्यकामा करिब १० लाख किलो खसीको मासु खपत हुने देखिन्छ ।

मूल्य वृद्धि हुनुभन्दा अघिको समयसँग तुलना गर्ने हो भने खसीको मासुको मूल्य प्रतिकिलो ३०० रुपैयाँका दरले महँगो भइसकेको छ । त्यसको अर्थ खसीका लागि काठमाण्डु उपत्यकावासीहरूले करिब ३० करोड भन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ ।

नेपालमा वार्षिक एक करोड २८ लाखवटा खसी, बोका र बाख्रा तयार हुन्छन्। तीमध्ये प्रत्येक वर्ष करिब ३३ लाखवटा खसी मासुका लागि कटनीमा जान्छ, पशु सेवा विभागका महानिर्देशक डाक्टर वंशी शर्माले भन्नुभयो ।

कुल ३३ लाखवटामा वार्षिक २७ लाख खसी काठमाडौं अन्य जिल्लामा खपत हुने सरकारी तथ्याङ्कले देखाउँछ । बाँकी छ लाखवटा खसीको राजधानीमा खपत हुन्छ ।

दशैँका बेला खसीको मासु खपतमा व्यापक वृद्धि हुने भए पनि दशैँ र तिहार मनाउन ठूलो सङ्ख्यामा राजधानीबाट मानिसहरू बाहिरिने हुँदा मासिक रूपमा हुने खपतको अनुपातमा भने धेरै फरक नपर्ने व्यावसायीहरू बताउँछन ।

दशैँका बेला काठमाडौं उपत्यकामा अन्य जनावरको मासु खपतमा पनि त्यत्तिकै वृद्धि हुने सरकारी अधिकारी र मासु व्यवसायीहरू हरू बताउँछन । घटस्थापनाका दिनदेखि पूर्णिमासम्म दैनिक तीन लाख किलो कुखुराको मासु र दशैँमा १० हजारवटाजति च्याङ्ग्रा खपत हुने शर्माले बताउनुभयो ।

त्यसबाहेक हाँस, राँगा, भैँसी र माछाको खपतमा पनि ठूलो वृद्धि हुने सरकारी अधिकारीहरू बताउँछन । शर्माका अनुसार हाल नेपालमै उत्पादन भएका खसीले बजार मागको ९० प्रतिशतभन्दा बढी माग धानिरहेको छ। तर थापाले भने भारतसँग खुला सिमाना भएका कारण अवैधानिक रूपमा खसी आयात भएका कारण बजार सन्तुलित देखिएको तर्क गर्छन ।

पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ मा पैठारी गरिने पशुपक्षीको हकमा सम्बन्धित मुलुकको पशु क्वारेन्टाइन अधिकृत वा भेटेनरी अधिकृतले त्यस्तो पशुको स्वास्थ्य ठिक छ भनी प्रमाणित गरेको प्रमाणपत्र आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

त्यसका अतिरिक्त नेपाल सरकारले बनाएको खोप लगाएको हो होइन तथा कस्तो औषधि प्रयोग भएको छ भन्ने विवरण पनि खुलाउनु पर्ने प्रावधान छ । कानुन बनेको झन्डै २० वर्षपछि उक्त व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकारले आफ्ना निकायलाई पत्राचार गरेको थियो ।

तर भारतका सरकारी निकायहरूलाई नेपाल पठाउने खसीबोकाका लागि त्यस्तो प्रमाणपत्र दिने व्यवस्था नरहेको भन्दै दिन मानेको छैन । -बीबीसी

२०७६ असोज १३ गते प्रकाशित

वि.सं.२०७६ असोज १३ सोमवार १०:०४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...