back
NMB ad

वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निष्कासन गर्न थाले, कसको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निष्कासन गर्न थालेका छन । ३ ओटा बैंकहरुले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाइसकेका छन ।

३ ओटाले बोर्डमा आवेदन दिएका छन । लगानीयोग्य पुँजी जुटाउन वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निष्कासन गरेका हुन । बैंकहरुले १० वर्षसम्मका लागि निष्कासन गरेको ऋणपत्रको ब्याजदर वार्षिक १० देखि १०.२५ प्रतिशतसम्म छ ।

ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाउनेमा सिद्धार्थ, लक्ष्मी र प्रभु बैंक छन । सिद्धार्थ र लक्ष्मीले ऋणपत्र निष्कासन गरिरहेका छन ।

प्रभुले निष्कासन गर्न बाँकी छ । ३ ओटा बैंकको प्रतिकित्ता १ हजार रुपैयाँ दरका ५ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता रहेको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

सिद्धार्थले वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी २ अर्ब २० करोड रुपैयाँको एसबीएल २०८३ निष्कासन गरेको छ । ऋणपत्र २०८३ मा परिपक्व हुने छ ।

लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । लक्ष्मीले ऋणपत्र खरिद गर्दा १० प्रतिशत ब्याजदर दिने प्रस्ताव गरेको छ ।

प्रभु बैंकले १ अर्ब रुपैयाँ बरबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रभुले वार्षिक १० प्रतिशत ब्याज दि १० प्रतिशत व्याज दिने प्रस्ताव गरेको छ ।

यस्तै कुमारी, नविल र सनराइज बैंकले गरी ८ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन । बोर्डबाट स्वीकृति पाउन बाँकी छ ।

नेपाल राष्ट्र बैंक वाणिज्य बैंकलाई अनिवार्य गरेपछि ऋणपत्र निष्कासन गर्ने क्रम बढेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लगानीयोग्य पुँजी जुटाउन प्राथमिक पुँजीको न्युनतम २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्नुपर्ने प्रावधान ल्याएको छ ।

यो वित्तीय औजारबाट ८० अर्ब रुपैयाँ थप लगानी जुट्ने देखिएको छ । यो वर्ष पनि वाणिज्य बैंकहरुमा क्रेडिट क्रञ्चको संकट पुनः देखिन थालेको छ ।

हेर्नुहोस् सूचि

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २५ शनिवार ०६:४९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...