back
NMB ad

विश्व बैंकद्धारा संसोधित जीडीपी ग्रोथमा नेपालको प्रक्षेपण ६.४% मा सीमित

Kumari bank ad

काठमाण्डौ । दक्षिण एशियाली देशहरुकै जीडीपी ग्रोथ कम हुने अध्ययन प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षको ८.५ प्रतिशतको जीडीपी ग्रोथको लक्ष्य हासिल हुने दाबी गर्दै आएकोमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरले सरकारले दाबी गर्ने भन्दा कम हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले सरकारको यो लक्ष्यमा संसोधन पेश गर्दै यो वर्षको ग्रोथ ६.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । सन् २०१८ मा नेपालको जीडीपी ग्रोथ ७.१ प्रतिशत रहेको थियो भने सन् २०१९ मा ७.१ प्रतिशत आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण रहेको छ । दक्षिण एशियाका ८ मुलुकमध्ये विश्व बैंकद्वारा नेपालका लागि प्रक्षेपित दर चौथो पोजिसनको हो ।

चालु वर्षका लागि विश्व बैंकले गरेको प्रक्षेपणमा नेपालले हासिल गर्नसक्ने वृद्धिदर दोश्रो पोजिसनको छ । विश्व बैंकले पर्यटकको अधिक आगमन भई यस क्षेत्रको गतिविधि बढ्ने र सेवा तथा निर्माण क्षेत्रमा उल्लेख्य प्रगति भई नेपालले राम्रो वृद्धिदर हासिल गर्ने बताएको छ । विश्व बैंकले सन् २०२० मा सबैभन्दा बढी भूटानको जीडीपी ग्रोथ ७.४ प्रतिशत, त्यसपछि बंगलादेशको ७.२ प्रतिशत र तेश्रोमा भारतको ६.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

नेपालपछि माल्दिभ्सले ५.५ प्रतिशतको ग्रोथको लक्ष्य भेट्याउन सक्ने प्रक्षेपण गरिएको छ । सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत मात्र ग्रोथ हुने प्रक्षेपण सार्वजनिक गरिएको छ ।

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २६ आइतवार १४:४५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...