back
NMB ad

यस्तो छ उपनिर्वाचनको कार्यतालिका

Kumari bank ad

काठमाडौं । निर्वाचन आयोगले मंसिरमा १४ मा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न कारणले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ स्थानका लागि मंसिर १४ मा हुने उपनिर्वाचनका लागि आयोगले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

मंसिर १४ मा प्रतिनिधिसभा सदस्य एकजना, प्रदेश सभा सदस्य तीनजना र ४८ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि निर्वाचन हुन लागेको हो ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रिक्त प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यका लागि २१ कात्तिकमा उम्मेदवारको मनोनयनपत्र दर्ता, उम्मेदवारको विरोधमा उजुरी दिन २२ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म, २३ गते बिहान ११ बजेदेखि दिउँसो साढे एक बजेसम्म मनोनयनपत्र दर्ता र उजुरीमाथि जाँचबुझ तथा ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन समय निर्धारण गरिएको छ ।

यसैगरी आयोगले सार्वजनिक गरेका कार्यतालिका अनुसार २५ कात्तिकमा ११ बजेदेखि अपराह्न ४ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

स्थानीय तहमा रिक्त ४८ पदका लागि भने कात्तिक २७ गते उम्मेदवारका लागि समयतालिका तोकिएको छ । उनीहरूका लागि ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १ मंसिरमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र १४ मंसिर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको छ ।

हाल प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेश सभातर्फ भक्तपुर १ ‘क’, बाग्लुङ २ ‘ख’ तथा दाङ ३ ‘ख’ र स्थानीय तहका ४८ पद रिक्त रहेका छन ।

२०७६ कात्तिक ०२ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २ शनिवार १४:५३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...