back
NMB ad

कास्की -२ : नेकपाबाट रविन्द्र पत्नी विद्या भट्टराई सर्वसम्मत

Kumari bank ad

पोखरा । कास्की २ को प्रतिनिधीसभा उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नकपा)ले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए । “सर्वसम्मत रुपमा सबै साथीहरुले नै विद्याजीलाई सिफारिस गर्ने प्रस्ताव ल्याउनुभयो, सबैको सहमतिमा नै एकल रुपमा उहाँलाई सिफारिस गर्ने निर्णय गरेका हौँ,” थापाले भने ।

भट्टराई स्व. रविन्द्र अधिकारीकी धर्मपत्नी समेत हुन् । पर्यटनमन्त्रीमा बहाल रहँदै गर्दा गत फागुन १५ गते रविन्द्र अधिकारीको हेलिकप्ट दुर्घटनामा परि निधन भएको थियो । उनको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

उसो त नेकपामा भट्टराईका अलावा सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, श्रीनाथ बराल, धनराज आचार्यको समेत चर्चा थियो ।
भट्टराईसँगै कास्की उपनिर्वाचनमा उम्मेदवार घोषणा गर्ने नेकपा दोश्रो पार्टी बनेको छ ।

गत बुधबार मात्रै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेको थियो । कांग्रेसले भने गत मंगलबार १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

२०७६ कात्तिक ०८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार १७:४४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...