back
NMB ad

विर्सनु भयो कि ? शिवश्री हाइड्रोको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । शिवश्री हाइड्रोपावरले निष्काशनमा ल्याएको प्रथामिक शेयर (आईपीओ) मा आवेदन गर्ने आज कार्तिक १५ गते अन्तिम दिन रहेको छ ।

हाइड्रोपावरले असोज १६ गतेदेखि निष्काशनमा ल्याएको साढे ३३ करोड रुपैयाँ बराबरको ३३ लाख ५१ लाख १४ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

सुरुमा सर्वसाधरणका लागि मात्र निष्काशन गरिएको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताबाट न्यून आवेदन परेपछि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले असोज २५ गतेदेखि संगठित संस्थाहरुले समेत आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

आईपीओमा आवेदन गर्न चाहने लगानीकर्ताले धितोपत्र बोर्डमा आश्वा प्रणालीमा आवद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सिआश्वा प्रणाली मार्फत र मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट अनलाईन आवेदन मार्फत पनि आईपीओ भर्न सक्नेछन ।

कम्पनीको आईपीओमा लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्तासम्म खरीदको लागि आवेदन दिन सक्नेछन । आईपीओमा १६ हजार आवेदकबाट १० करोड हाराहारीमा मात्र आवेदन परेको छ ।

शिवश्री हाइड्रोपावरले जारी गरेको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ ।

प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ रहेको आयोजनका कूल लागत ४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । कम्पनीले प्रकाशित गरेको विवरणपत्र अनुसार आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन करिब ९.५९ बर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन २१.९५ वर्ष लाग्नेछ ।

साधारण शेयर बिक्रीबाट प्राप्त आम्दानी कम्पनीले सिन्धुपाल्चोकमा निमाणाधिन २२.२ मेगावाट क्षमताको चाकु खोला ए जलविद्युत आयोजनाको निमार्ण सम्पन्न हुन बाँकी संरचना निमार्ण र बैंकबाट लिइएको कर्जा भुक्तानीमा उपयोग गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री नभएको शेयर समेत थपेर एक सय रुपैयाँ अंकित दरका ३३ करोड ५१ लाख रुपैयाँ बराबरको ३३ लाख ५१ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा ३ लाख ३९ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी रहेको ११ लाख ३६ हजार कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो ।

२०७६ कात्तिक १५ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १५ शुक्रवार ०८:५० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...