काठमाडौं । आज देशका विभिन्न स्थानहरुमा सार्वजनिक विदा दिइएको छ । आज कात्तिक २२ गतेका दिन सार्वजनिक विदा दिइएको छ । हरिबोधनी एकादशीका दिनमा विभिन्न स्थानहरुमा सार्वजनिक विदा दिइएको हो ।
शुक्रवार चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीका दिन सार्वजनिक दिइएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई कार्तिक २२ गते शुक्रबार सार्वजनिक बिदा दिइने नगरपालिकाले जनाएको छ ।
त्यस्तै, कात्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा नागार्जुन नगरपालिकाले पनि बिदा दिइएको उप–प्रमुख सुशीला अधिकारीले जानकारी दिनभयो ।
त्यसैगरि खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले २ दिन विदा दिने जानकारी गराएको छ । छ वटा वडा रहेको गाउँपालिकाले एक सूचना जारी गर्दै कात्तिक २१ र २२ गते बिदा दिने जानकारी गराएको हो ।
त्यस्तै, गुल्मीको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले हरिबोधनी एकादशीको दिन कार्तिक २२ गते सार्वजनिक विदा दिने भएका छन ।
हरिबोधनी एकादशीको दिन धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगामा भैलो प्रतियोगिता पनि आयोजना गरिएकाले रेसुंगाको महत्वलाई उजागर गर्नका लागि नगरपालिकाले सार्वजनिक विदा दिएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिनुभयो ।
त्यस्तै, काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको प्रशासकीय अधिकृत टंकराज चिमोरियाले जानकारी दिनुभयो ।
२०७६ कात्तिक २२ गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २२ शुक्रवार ०७:४६ मा प्रकाशित