back
NMB ad

जापानले नर्सिङ केयरगिभर बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लग्ने, यस्तो छ तयारी

Kumari bank ad

काठमाडौं । नेपाली कामदार जापान लैजान दुई देशबीच भएको समझदारी अनुसार हाल नर्सिङ केयरगिभरका लागि परीक्षा लिइरहेको जापानले आगामी वर्ष मत्स्य व्यवसाय सहित थप क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ ।

नर्सिङ केयरगिभरका लागि एक हजारलाई मात्रै परीक्षामा सहभागी बनाइएपछि देखिएको नेपाली पक्षको असन्तुष्टि आगामी वर्ष सम्बोधन गरिने बचन जापानी पक्षले दिएको छ ।

जापानसँग नर्सिङ केयरगिभर सहित १४ वटा क्षेत्रमा नेपाली कामदार लैजान सकिने समझदारीमा उल्लेख छ। जापान र नेपालबीच कामदार लैजाने विषयमा भएको समझदारी अनुरूप पहिलो वर्ष नर्सिङ केयरगिभरका लागि परीक्षाहरू भइरहेका छन् ।

भाषा तथा सीप परीक्षा गरी दुईथरी परीक्षामा उत्तीर्ण हुनेहरूले कामदारका रूपमा जापान जान पाउनेछन् । परीक्षामा एक हजार जनालाई मात्रै सहभागी बनाइएको भन्दै नेपाली पक्ष असन्तुष्ट देखिएको छ ।

सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार त्यस असन्तुष्टिलाई आगामी वर्ष सम्बोधन गरिने जानकारी जापानी पक्षले गराएको छ ।

ढकालले भने यस विषयलाई उठाउँदा उनीहरू जापाने आगामी दिनमा अन्य क्षेत्र तथा बढी सङ्ख्यामा परीक्षा लिएर नेपालमा कामदारको लागि अवसर दिने कुरामा सकारात्मक रहेको पाइयो ।

आगामी वर्ष विभिन्न श्रेणीका लागि विभिन्न समयमा परीक्षा सञ्चालनको काम निरन्तर जारी राख्ने कुरामा जापानी पक्षले हामीलाई विश्वस्त बनाएका छन्।

हाल नेपालमा के कस्ता सीप भएका कामदारहरू छन् भन्ने बारेमा जापानी पक्षले एक संस्थामार्फत् अध्ययन समेत गराइरहेको बताइएको छ ।

समझदारीमा कामदार लैजाने भनिएका १३ वटा क्षेत्रहरूमा कृषि, होटेल, उद्योग, सुरक्षा, सवारीसाधन मर्मतसम्भार, निर्माण लगायत छन ।

तर कतिलाई परीक्षामा सामेल गराउने भन्ने यकिन विवरण नआउँदा जनशक्ति उत्पादनका लागि अन्योल भइरहेको उपसचिव दीपक ढकाल बताउँछन ।

जापानमा आवश्यक पर्ने कामदारका हकमा हालसम्म कोटा उल्लेख नगरिँदा कस्तो प्रकृतिका, कति कामदार चाहिने हो भन्ने विषयमा यकिन हुन सकेको छैन । जापानले पाँच वर्षमा ११ देशबाट तीन लाख ५० हजार विदेशी कामदार आफ्नो देशमा भित्र्याउने लक्ष्य राखेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा विप्रेषणमा निकै निर्भर रहेको नेपालले कूटनीतिक पहल गरेर सक्दो धेरै नेपाली कामदार पठाउनतर्फ ध्यान दिनुपर्ने कतिपय जानकारहरूले बताउने गरेका छन ।

गत वर्ष जापान सरकारले नेपालबाट कामदार लिने निर्णय गरेको थियो । विदेशी कामदारहरूलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले पारित गरेपछि नेपाली कामदार लाने प्रक्रिया अघि बढेको हो । जापानले लामो समयदेखि विदेशबाट दक्ष श्रमिक लिने तयारी गरिरहेको थियो ।

विदेशी श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि परराष्ट्र मन्त्रालयमार्फत् चरणबद्ध छलफल भएका थिए ।

जापानले नेपालसँगै चीन, थाईल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेशिया, म्यानमार, कम्बोडिया र मङ्गोलिया आदि देशबाट कामदार लैजाने तयारी गरिरहेको छ । -विविसी

२०७६ कात्तिक २८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक २८ बिहीवार ०८:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...