back
NMB ad

आइतबारबाट कर सप्ताह सुरु, यसरी मनाइँदै छ

Kumari bank ad

काठमाडौं । आइतबारबाट कर सप्ताह सुरु हुने भएको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा ८ वर्षदेखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको छ ।
नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो।

२०६९ कात्तिक २ गतेको मन्त्रिपरिषदको बैठकले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने निर्णय गरेअनुरुप नै यो दिवस मनाउन लागिएको हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले केन्द्रीयस्तरमा विभागको आयोजनामा र हरेक कार्यालयमा कार्यालयहरुले कर दिवसको विशेष कार्यक्रम गर्नेछन ।

यसैगरी निजी क्षेत्रका छाता संगठनले पनि कर दिवसका विभिन्न कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए । विभागले कर दिवसको अवसरमा मूल्य अभिवृद्धि कर, आयकरलगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने तयारी गरेको छ । ’यसको सम्पूर्ण तयारी पूरा भएको छ,’ महानिर्देशक कुँवरले भने ।

यसैगरी सम्पूर्ण कार्यालयहरुले पनि आफू मातहतका करदाताको सम्मान तथा जनचेतना अभिवृद्धि कार्यक्रम गर्नेछन । ’स्वच्छ कर प्रशासन, विकार सुशासन’ नारा दिएर यसपटकको कर दिवस मनाउन लागिएको पनि उनले जानकारी दिए ।

आन्तरिक राजस्व विभागका अनुसार यसपटक विभागलाई ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ ।
विभागले लक्ष्यअनुसार नै राजस्व संकलनका लागि विभिन्न रणनीति तयार गरेर अघि बढिरहेको र कार्यालयहरुले पनि त्यसको परिपालना गरिरहेको पनि उनले जानकारी दिए ।

विभागले कर प्रणालीमा संरचनात्मक परिवर्तन गरी आयातमा निर्भर कर प्रणालीलाई क्रमश आन्तरिक आर्थिक क्रियाकलापमा आधारित तुल्याई कर प्रणालीमा रुपान्तरण गर्ने मूल्य लक्ष्यका साथ काम गरिरहेको छ। करको दायरा विस्तारलाई जोड दिइएको पनि उनले बताए ।

२०७६ कात्तिक ३० गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३० शनिवार १७:३८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...