back
NMB ad

ब्याजदर बढ्ने यस्तो छ संकेत !

Kumari bank ad

काठमाडौं । उद्योगी व्यवसायीले उच्च ब्याजदरको चपेटामा परेको भनेर गुनासो गरिरहेको बेला बैंकरले ब्याजदर अझै बढ्नसक्ने बताएका छन ।

वित्तीय प्रणालीमा लगानीयोग्य पैसाको अभाव चर्किन थालेको र कर्जा उठ्न ढिलाइ हुन लागेकाले ब्याजदर बढ्नसक्ने उनीहरूको भनाइ छ ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा पनि ब्याजदर बढ्नसक्ने सम्भावना देख्छन । ‘अहिले ब्याजदर घट्न सक्ने सम्भावना छैन’, उनी भन्छन, ‘सबै बैंकको सीसीडी रेसियो (निक्षेप र पुँजीमा कर्जाको अनुपात) माथिल्लो विन्दुमा पुगिसकेको छ।’

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा पनि गएको असार मसान्तको तुलनामा अहिले सीसीडी रेसियो ९० आधार विन्दु बढेर ७६.४२ प्रतिशत पुगेको छ ।

२८ मध्ये २० वाणिज्य बैंकको यस्तो अनुपात पछिल्लो तीन महिनामा बढेको देखिएको छ । यसको मतलव अधिकांश बैंकले थप कर्जा लगानी गर्न सक्ने क्षमता गुमाउँदै छन । राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशतसम्म र्पुयाउन पाउने व्यवस्था गरेको भए पनि ठूलो आकारका संस्थागत निक्षेप लिएका बैंकले त्यो स्तरसम्म कर्जा विस्तार गर्न सक्दैनन् ।

स्ट्याडर्डचार्टर्ड, नबिल, नेपाल इन्भेस्टमेन्ट, एभरेस्टजस्ता बैंकले ठूलो संस्थागत निक्षेप परिचालन गरेका छन्। यस्तै सरकारी स्वामित्वका नेपाल, राष्ट्रिय वाणिज्य, कृषि विकास बैंकको पनि कर्जा परिचालन क्षमता विगतदेखि नै कमजोर छ ।
उनीहरूको सीसीडी रेसियो कम हुन्छ । २१ वाणिज्य बैंकले यस्तो अनुपात असोज मसान्तमा ७५ प्रतिशतभन्दा माथि पुगिसकेको छ । अहिले थप कर्जा परिचालनको दर बढेकाले यस्तो अनुपात अझै चुलिएको बैंकर बताउँछन ।

ब्याजदरलाई सबैभन्दा बढी प्रभावित पार्ने बैंकको आधारदर (बेस रेट) पनि असार मसान्तको तुलनामा असोजसम्म ३ आधार विन्दुले बढेको छ ।

यो वृद्धि निकै साँघुरो भए पनि बहुसंख्याक बैंकको आधारदर बढेको देखिएको छ । असोज मसान्तको तथ्यांकले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो लागतमा पैसा चलाउन पाएको देखाएको छ । सबैभन्दा महँगो लागतमा पैसा चलाउने बैंकचाहिँ सिभिल हो। यो तथ्यांकले ऋण चाहिनेले राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा दिँदा सस्तो ब्याजमा पाउन सक्ने देखिन्छ भन निक्षेप राख्दा सिभिल बैंकले बढी ब्याज दिने देखिन्छ ।

ब्याजदरअन्तर बढ्यो

बैंकर्स संघको तथ्यांकले पछिल्लो एक वर्षमा अधिकांश बैंकले आफ्नो नाफा बढाउन ब्याजदरअन्तर बढाएको देखिएको छ । राष्ट्र बैंकले निक्षेपकर्तालाई दिने र ऋणीसँग लिने ब्याजको अन्तर (स्प्रेड) घटाउने नीति अघिसारिरहेका बेला बैंकले भने यस्तो ‘मार्जिन’लाई अझै बढाएका हुन्। अघिल्लो वर्षको तुलनामा अहिले २८ मध्ये २० बैंकले स्प्रेड बढाएका छन ।

यसैबीच बैंक अफ काठमान्डूले स्प्रेड सर्वा्धिक १५४ आधार विन्दु बढाएको छ। माछापुच्छ्रे, प्राइम र एभरेस्ट बैंकले पनि १ सय आधारविन्दुभन्दा बढी दरमा स्प्रेड बढाएका छन् ।

साउनदेखि असोजसम्मा नै समग्र वाणिज्य बैंकको स्प्रेड दर ४८ आधारविन्दु बढेको छ। यसले बैंक अझै बढी नाफाको लोभमा रहेको देखिन्छ ।

बैंकर भने लगानीयोग्य पैसाको अभाव भएकाले बैंकले ब्याजदरअन्तर बढाउन थालेको बताउँछन । तर राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीतिमार्फत बैंकलाई आगामी असार मसान्तसम्म स्प्रेड दर ४.४ प्रतिशतमा झार्न निर्देशन दिएको छ ।

जबकी, अहिलेसम्म जम्मा ५ वटा बैंकलेमात्रै उक्त लक्षित सीमाभित्र स्प्रेड झार्न सकेका छन्। अहिले पनि राष्ट्रिय वाणिज्य बैंकको स्प्रेड दर ५.९६ प्रतिशत छ ।

स्यान्डर्डचार्टर्ड, हिमालयन, कृषि विकास, एभरेस्टलगायत १३ बैंकको स्प्रेड ५ प्रतिशतभन्दा बढी छ । तर केही बैंकर भने राष्ट्र बैंकले नै यसरी स्प्रेड बढाएर नाफा कमाउने चोरबाटो खोलिदिएको बताउँछन्।

‘गएको असारमै ५ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था थियो’, ती बैंकर भन्छन्, ‘यो वर्षको मौद्रिक नीतिले आउँदो असारसम्म साढे ४ प्रतिशतमा झार्न पाउने व्यवस्था र्गयो तर अहिले कति हुनुपर्ने भन्ने सीमा तोकेन।’ –समाचार स्रोत :अन्नपूर्ण पोष्ट

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार ०९:०६ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...