back
NMB ad

बजाजको ‘एनएस २००’ देशैभर बिक्री तथा प्रवर्द्धन सुरु, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । नेपालमा बजाज कम्पनीको मोटरसाइकलको अधिकृत विक्रेता एचएच बजाजले हालै मात्र बजारमा ल्याएको एनएस २००–एफआई सिरिजको मोटरसाइकलको भैरहवा क्षेत्रमा बिक्री तथा प्रवर्द्धन सुरु भएको छ ।

यस क्षेत्रको बितरक बज अटोमोबाइल्सले बिहीबार एक कार्यक्रमकाबीच सो मोटरसाइकल बिक्री एवं प्रवद्र्धन सुरु गरेको बज अटोका प्रबन्ध निर्देशक हरिबहादुर थापाले बताए ।

एचएच बजाजका देशैभरिका डिलरमार्फत एकैसाथ बिक्री एवं प्रवद्र्धन सुरु भएको यो मोटरसाइकलमा सिंगल सिलिन्डर र फोर स्ट्रोक छ ।

२०० सीसी इन्जिन क्षमताको यो मोटरसाइकलको माइलेज ५३ किमि प्रतिघन्टा छ । एक घन्टामा १३६ किमिसम्म गुड्न सक्ने क्षमता रहेको यो मोटरसाइकल कालो ग्रे, रेड ग्रे, ह्वाइट ऐंलो ग्रेमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

स्पोर्टी बाइक चढ्न मन पराउने युवाहरूलाई लक्षित गरी बजाजले बजारमा ल्याएको यो मोटरसाइकल हिमाल, पहाड तराई जुनसुकै क्षेत्रमा सहज तरिकाले चलाउन सकिने गरी बनेको छ ।

यो मोटरसाइकलको इन्धन क्षमता १२ लिटर छ । नेपालमा यसको बजार मूल्य ३ लाख ५४ हजार ९ सय रुपैयाँ छ । बिक्री शुभारम्भ एवं प्रवद्र्धन कार्यक्रममा यो सिरिजको पहिलो बाइक खरिद गर्ने कमल आलेलाई चाबी हस्तान्तरण गरिएको थियो ।

बिक्री प्रवद्र्धन कार्यक्रममा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई २ स्क्रयाच कुपन प्रदान गरिने र दुवै कुपनमध्ये पहिलोबाट ७ हजारदेखि १ लाख रुपैयाँसम्म र दोस्रो कुपनबाट १ हजार देखि १ लाखसम्म गरी कम्तीमा २ लाख रुपैयाँसम्म पुरस्कार जित्न सकिने योजना कायमै रहेको तथा मोटरसाइकल खरिदमा लेगगार्ड, २ लिटर पेट्रोल निःशुल्क तथा ७ पटकसम्म सर्भिस निःशुल्क गर्न सकिने व्यवस्था छ ।

२०७६ मंसिर ०३ गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३ मंगलवार ११:४४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...