back
NMB ad

मनपरी बीमालेख जारी गर्ने प्रवृत्तिलाई व्यवस्थित गर्न मार्गदर्शन जारी गर्दै समिति

Kumari bank ad

काठमाडौं । बीमा समितिले बैंकहरुले बिक्री गरिरहेको बीमालेखलाई ब्यवस्थित गर्न मार्गदर्शन जारी गर्ने भएको छ । बढिमा अर्को साताको सुरुमै समितिले मार्गदर्शन जारी गरेर मनपरी बीमालेख जारी गर्ने प्रबृत्तिलाई ब्यवस्थित गर्न लागेको हो ।

’बैंकहरुले पनि बीमा भनेर ल्याइरहेका छन्। यसलाई ब्यवस्थित गर्न खोजेका छौं,’ समिति स्रोतले भन्यो, ’अबदेखि बीमा कम्पनीको नाम उल्लेख नगरी प्रचारप्रसार गर्न पाइँदैन ।’

बैंकहरुले जारी गर्ने बीमालेखहरुमा निक्कै अप्रष्टता रहेको भन्दै समितिले ती बिषयहरुलाई पनि संवोधन गर्न लागेको छ ।
जस्तो अहिले ब्यक्तिगत दूर्घटना बीमामा कमतिसम्म जोखिम वहन गर्ने भन्ने प्रष्ट छैन। अब त्यसमा समितिले सीमा निर्धारण गर्ने छ ।

अहिले बैंकहरुले ५० हजारदेखि ५ लाखसम्मको ब्यक्तिगत दूर्घटना बीमाको स्किम जारी गरिरहेका छन । ’बैंकहरुले बीमा स्किमको विज्ञापन गर्दा अबदेखि फलानो बीमा कम्पनीसँगको सहकार्यमा भन्ने अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने ब्यवस्था गरिने छ,’ समिति स्रोतले भन्यो, ’यो शब्द नराखेसम्म विज्ञापन गर्न नपाइने ब्यवस्था हुन्छ ।’

समितिले दुर्घटना बीमा कसरी गर्ने, घातक रोगको बीमा कसरी गर्ने र त्यसको मेडिकल टेस्ट कसरी गर्ने भनेर पनि मार्गदर्शनम उल्लेख गर्ने छ ।

२०७६ मंसिर १७ गते प्रकाशित

वि.सं.२०७६ मंसिर १७ मंगलवार १०:०५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...