कलङ्‍की-काेटेश्वर सडककाे सर्भिस लेनमा मात्र सवारी चलाउन पाइने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज र भोलि (मङ्सिर २० र २१) दिउँसोको समयमा कलङ्कीदेखि सातदोबाटो, कोटेश्वरहुँदै सूर्य्विनायकसम्मको सडक प्रभावित हुने जनाएको छ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ प्रतियोगिता सञ्चालन हुने भएकोले उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित हुने भएको हो।

आज शुक्रबार कलङ्की, सातदोबाटो हुँदै कोटेश्वरसम्म सडकको दायाँ बायाँको सर्भिस लेनमा मात्र सवारी चलाउन पाइने महाशाखाले जनाएको छ। महाशाखाले यस सडकखण्डमा अति आवश्यकबाहेक अन्य सवारी नचलाउन आग्रहसमेत गरेको छ।

यस्तै, भोलि शनिबार कलंकीदेखि सातदोबाटो, कोटेश्वरहुँदै सूर्य्विनायकसम्म लामो दूरीको अर्को साइक्लिङ हुने भएकाले उक्त सडकमा पनि दायाँ बायाँको सर्भिस लेनमा मात्र सवारी चलाउन ट्राफिकको आग्रह छ।

शनिबार कोटेश्वरबाट सिधा जगातीतर्फ जाने सम्पूर्ण सवारीसाधन जडीबुटी चोकबाट पेप्सीकोलातर्फ हुँदै पूरानो ठिमी, ब्यासी, कमलविनायक, च्यामासिंहुँदै जगाती चलाउन पनि प्रहरीले आग्रह गरेको छ ।

२०७६ मंसिर २० गते प्रकाशित

२०७६ मंशिर २० गते ०८:४८ मा प्रकाशित

You can share this post!

आजदेखि ग्लोबल आईएमई र जनता बैंक मर्जर भएपछि एकीकृत कारोबार

हेर्नुहोस् ! लिखित परीक्षाको थप नतिजा

Related posts