सरकारी जागिरको यस्तो छ अवसर, विभिन्न पदमा कर्मचारी माग (सूचनासहित)

काठमाडौं । सरकारी जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ । एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो मातहतमा रहेका सार्वजनिक निकायहरुमा रिक्त रहेकापदहरुका लागि कर्मचारी माग गरेको छ ।

मन्त्रालयले एक सूचना निकाल्दै, खुला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नको लागि ८ वटा रिक्त पदका लागि दरखास्त माग गरेको हो । कृषि सामग्री कम्पनी लिमिटेड अध्यक्ष एक जना र प्रबन्धक संञ्चालक एक जना गरि दुई जना माग गरेको छ । यस्तै, राष्ट्रिय चिया तथा कफि विकास बोर्ड उपाध्यक्ष र कार्यकारी निर्देश एक एक जना माग गरेको छ ।

त्यसै गरि कपास विकास समिति अध्यक्ष एक जना र दुग्ध विकास संस्थान अध्यक्ष र महाप्रबन्धक एक एक जनाका साथै राष्ट्रिय दुग्ध विकास बोर्ड कार्यकारी निर्देशक एक जना गरि जम्मा ८ जना कर्मचारी माग गरेको हो ।

ईच्छु नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सकिनेछ ।

हेर्नुहोस् सूचना :


२०७६ मंसिर २१ गते प्रकाशित

२०७६ मंशिर २१ गते १२:४० मा प्रकाशित

You can share this post!

चार करोड ह्याकिङ प्रकरण : कृषि विकास बैंकका प्रबन्धकसहित १० जना जेल चलान

लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

Related posts