काठमाडौं । लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षामा एमबिबिएस तर्फ ४९ र बिडिएस तर्फ ४२ प्रतिशत पास भएका छन्।
परीक्षामा एमबिबिएस र बिडिएस गरी १६ सय ३२ जना सहभागी भएका थिए । सहभागीमध्ये एमबिबिएसमा ५१ र बिडिएसमा ५८ प्रतिशत फेल भएका हुन्।
काउन्सिलले शनिबार बिहान लिएको परीक्षाको नतिजा साँझ सार्वजनिक गरेको हो ।
२०७६ मंसिर २२ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २२ आइतवार ०६:४४ मा प्रकाशित