६५० बढी रिक्त अधिकृत पद पदपुर्तिका लागि लोकसेवा पठाईँदै, भोली नै विज्ञापन गर्ने !

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी(अप्राविधिक) रिक्त पदमा पदपुर्तिको माग गर्दै लोक सेवामा पठाउँदै छ ।

सामान्य प्रशासन विशेष स्रोतका अनुशार मंगलबार(आज) विभिन्न सेवा समूहका छ सय ५० बढी अधिकृत पदको विज्ञापनका लागि आयोगमा पठाउन लागेको हो ।

आयोगको आफ्नो वार्षिक कार्य तालिका अनुशार राजपत्रांकित तृतीय श्रेणीको अधिकृत तर्फ भोली बुधबार विज्ञापन गर्ने कार्यक्रम रहेको छ ।

सामान्य प्रशासन मन्त्रालयले प्रशासन, लेखा, राजश्व, लेखा परीक्षण र परराष्ट्रको रिक्त दरवन्दी पठाउँदै छ । नियमित प्रशासनिक प्रक्रिया अनुशार मन्त्रालयले माग पठाएको हो । (प्रशासन डटकमबाट)

२०७६ मंसिर २४ गते प्रकाशित

२०७६ मंशिर २४ गते १३:४८ मा प्रकाशित

You can share this post!

मंगलबार शिव श्री हाइड्रोपावरको आइपीओ बाँडफाँट

एनआईसी एशिया लघुवित्तले आइपिओ जारी गर्ने

Related posts