काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
सोको कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सो लाभांश पारित गर्न हाइड्रोपावरले पुस २७ गते आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ । पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन ।
२०७६ मंसिर २६ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २६ बिहीवार ११:२२ मा प्रकाशित