back
NMB ad

नाडाको नयाँ कार्यसमिति सर्वसम्मत चयन : अध्यक्षमा दुलाल, अन्यमा को-को ?

Kumari bank ad

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध भएका छन ।

अध्यक्ष तथा १८ जना कार्यसमिति सदस्यहरुसमेत निर्विरोध निर्वाचित भएका छन । सवारी तथा सवारीजन्यहरुको बिक्रेता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी नेतृत्व चयनका लागि आज (मंसिर २९) मनोनयन दर्ताको समय तोकिएको थियो ।

मनोनयन दर्ताका क्रममा सबै सर्वसम्मत भएको नाडाका अध्यक्ष सम्भुप्रसाल दाहालले बताए । ‘नयाँ कार्यसमितिका लागि अध्यक्षसहित सबै सर्वसम्मत भएको छ,’ उनले भने, ‘यद्यपि निर्वाचन प्रक्रियाअनुसार अपराह्न साढे ४ बजेसम्म दाबी बिरोधको समयावधी भने बाँकी नै छ।’

निर्विरोध निर्वाचित हुने कार्यसमिति सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ रहेका छन ।

त्यस्तै अभिक ज्योति, मिलनबाबु मल्ल, दीपककुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलम पाठक निर्वाचित भएका छन।

नाडाको संस्थागततर्फबाट ध्रुवबहादुर थापा, सुभाष आचार्य, नवराज डल्लाकोटी र ऋषिकुमार ढकाल निर्विरोध निर्वाचित भएका छन ।

मतदाताको अन्तिम नामावली मंसिर २६ गते प्रकाशित भइसकेको छ । नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरि १९ जनाको कार्यसमिति निर्वाचन हुने व्यवस्था छ । नयाँ कार्यसमितिले ३ जना सदस्य मनोनित गर्ने छ ।

नयाँ कार्यसमितिको घोषणा भने पुस ४ गते साधारण सभामार्फत् हुनेछ । पुस ४ गते नाडाको ४३औं साधारण सभा हुँदैछ ।

२०७६ मंसिर २९ गते प्रकाशित

वि.सं.२०७६ मंसिर २९ आइतवार १२:५५ मा प्रकाशित

You can share this post!

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...