back
NMB ad

२ अर्ब १३ करोड रुपैयाँको सेयर निष्कासन गर्दैै यी ९ कम्पनी, कस्को कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । ९ जलविद्युत् आयोजनाले सर्वसाधारणबाट लगानी जुटाउन २ अर्ब १३ करोड रुपैयाँको प्राथमिक सेयर निष्कासन गर्ने तयार गरेका छन ।

यी कम्पनी धितोपत्र बोर्डमा सेयर निष्कासन अनुमति माग्ने प्रक्रियामा छन । माउन्टेन इनर्जी नेपाल, युनाइटेड इद मार्दी एन्ड आरबी हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, हिमालयन हाइड्रोपावर, तेह्रथुम पावर जलविद्युत, सुभम पावर र मैलुङखोला जलविद्युत् कम्पनी अनुमति प्रक्रियामा छन ।

लिवर्टी इनर्जी कम्पनी र ग्रिन लाइफ हाइड्रोपावर लिमिटेड भने स्वीकृतिको अन्तिम चरणमा छन। सिंगटी हाइड्रोपावर कम्पनी र सेयर प्रत्याभूतिकर्ता (अन्डरराइटर) बीच सामान्य विवाद देखिएकाले कम्पनीको अनुमति प्रक्रिया लम्बिरहेको छ ।

मैलुङ खोला जलविद्युत् कम्पनीले धितोपत्र बोर्डमा सेयर निष्कासनका लागि आवेदन दिएकै दुई वर्ष पुगिसकेको छ । कम्पनीले जेठ ०७४ मै स्थानीयलाई करिब ३ लाख ६८ हजार कित्ता सेयर जारी गरेको थियो ।

सो समय कम्पनीले रेटिङ कम्पनी इक्रा नेपालबाट ग्रेड फोर रेटिङ पाएको थियो । यो रेटिङले पनि कम्पनीको आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

तर, हाल कम्पनीले ग्रेड ५ रेटिङ पाएको छ । यसले आधारभूत पक्ष खराब रहेको संकेत गर्छ । यही कारण कम्पनीलाई सेयर जारी गर्न दिने नदिनेमा विभाग र बोर्डबीच दुविधा देखिएको छ ।

ग्रेड ५ रेटिङ पाएमा कम्पनीहरूले सेयर निष्कासनको अनुमति नपाउने व्यवस्था छ । तर, स्थानीयलाई सेयर जारी गरिसकेका कारण भने मैलुङलाई सेयर जारी गर्नबाट नरोक्ने पक्षमा धितोपत्र बोर्ड छ ।

‘विभागलाई अहिलेको अवस्थामा सेयर जारी प्रक्रियालाई रोक्न नमिल्ने हामीले स्पष्ट पारेका छौँ,’ धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले भने, ‘उहाहरूले अब चाँडै नै अनुमति दिनुहोला ।’

विभाग र बोर्डबीच यस विषयमा छलफल भइरहेकाले ढिलाइ हुँदै आएको थियो । अब भने मैलुङले विभागबाट समेत अनुमति पाउने सम्भावना बढेको छ ।

हेर्नुहोस् सूचि :

२०७६ मंसिर ३० गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३० सोमवार ०९:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...