back
NMB ad

‘पब्जी’ निर्माताले बनाउँदैछन् यस्तो नयाँ अनलाइन गेम

Kumari bank ad

काठमाडौं । प्लेयर्स अननोन्स ब्याटल ग्राउण्ड अर्थात् पब्जी अहिले विश्वको सबैभन्दा लोकप्रिय अनलाइन गेम हो । त्यही लोकप्रिय गेम पब्जीका निर्माता ब्रेन्डन ग्रिनले अर्को एउटा नयाँ अनलाइन गेम ल्याउने तयारी गरिरहेका छन ।

पब्जी निर्माताले तयार गरिरहेको उक्त नयाँ गेमको नाम एचययिनगभ राखिसकिएको छ । यो गेमको टिजर पनि सार्वजनिक भैसकेको छ ।

निर्माता कम्पनी टेनसेन्टले उक्त नयाँ गेमको ३० सेकेण्ड लामो टिजर हालै सार्वजनिक गरेको हो । टिजर हेर्दा यो एक सर्भाइभल गेम हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

टिजरबाट अर्को के कुरा पनि थाहा पाउन सकिन्छ भने उक्त गेमको मुख्य पात्र एकजना पुरुष रहेको छ । जसले कठीन परिस्थितिमा पनि ज्यान जोगाउने कोसिस गर्दछ ।

कम्पनीले यस गेमको बारेमा थप जानकारी दिनका लागि दोश्रो टिजर पनि सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।करोडौँ प्रयोगकर्ताको बीचमा लोकप्रिय रहेको पब्जी गेमबाट उत्साहित बनेको टेनसेन्टले अब ल्याउने नयाँ गेम सस्तो खालका तथा कमसल स्मार्टफोनमा समेत खेल्न सकिने बनाउनेछ ।

स्मरणरहोस् पब्जी गेम लोकप्रिय भएता पनि उच्च गुणस्तरीय तथा शक्तिशाली हार्डवेयर भएका स्मार्टफोनमा मात्र राम्रोसँग चल्ने तर बजेट स्मार्टफोनमा राम्रोसँग खेल्नमा समस्या आउने गरेको गुनासो प्रयोगकर्ताले गर्ने गरेका थिए ।

सोही कारण कम्पनीले कम र्याम क्षमताका बजेट स्मार्टफोनमा समेत चलाउन मिल्ने पब्जीको लाइट भर्सन समेत ल्याएको थियो । जुन २ जिबी वा त्यो भन्दा कम र्याम भएका स्मार्टफोनमा समेत राम्रोसँग खेल्न सकिन्छ । (एजेन्सीको सहयोगमा)

२०७६ मंसिर ३० गते प्रकाशित

वि.सं.२०७६ मंसिर ३० सोमवार १२:०१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...