एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

काठमाडौं । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन ।

नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल रु एक अर्ब ८० करोड बराबरको छ ।

‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना रु एक अर्ब बराबरको छ । योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ ।

यस्तै लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना रु ८० करोड बराबरको छ । योजनामा कूल आठ करोड एकाइ बिक्री गरिनेछ । ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ ।

छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोेषको कारोबार भइरहेको छ ।

२०७६ पुस २१ गते प्रकाशित

२०७६ पौष २१ गते १५:१४ मा प्रकाशित

You can share this post!

मन्त्रीपरिषद्को निर्णय : माघ १ र २ गते सार्वजनिक बिदा

हिजो १६ ले बढेको नेप्से आज १८ अंकले वृद्धि

Related posts