back
NMB ad

इरानको मिसाइल आक्रमण लगतै विश्व बजारमा तेलको मूल्य बढ्यो

Kumari bank ad

एजेन्सी । इरानले इराकस्थित हवाई आधारमा दजनौं मिसाइल आक्रमण गरेपछि मङ्गलबार तेलको मूल्यमा ह्वात्तै वृद्धि भएको छ ।

अघिल्लो हप्ता अमेरिकी ड्रोन आक्रमणमा शीर्ष इरानी कमाण्डरको मृत्युको बदलामा इरानले मिसाइल आक्रमण गरेका हो । इरानको आक्रमणपछि अमेरिका र इरानबीच युद्ध भड्किने चिन्तामाझ तेलको मूल्य बढेको हुन सक्छ ।

अमेरिकी कच्चा तेल मङ्गलबार ४ प्रतिशले बढेर ६५ डलर पुगेको छ । आक्रमण प्रति ६२.७० डलर मुल्य रहेको कच्चा तेलको मुल्य बढेर ६५.४८ पुगेको छ ।

उलेख्नीय कुरा मंगलबारको मिसाइल आक्रमणको जिम्मा इरान आफैले लिएको छ । यस अघिका मिसाइल आक्रमणको जिम्मेबारी इरान पक्षधर मिलिसिया समूहले लिने गर्थे ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आक्रमणको पुष्टि गर्दै आक्रमणमा ब्यालेष्टिक मिसाइल प्रयोग गरिएको र ती इराकभित्रैबाट प्रहार गरिएको जानकारी दिएको छ ।

आक्रमणमा परेका दुईमध्ये एक हवाई आधारमा विगतमा डोनाल्ड ट्रम्पले भ्रमण गरेका थिए ।पेन्टागनले हाल आफूहरुले आक्रमणले पु¥याएको क्षतिको मूल्याकंन गरिरहेको बताएको छ ।

मुल्यांकनपछि अमेरिकी कर्मचारी र त्यस क्षेत्रका सम्पूर्ण मित्रहरुको ‘प्रतिरक्षा र सुरक्षाको लागि सम्पूर्ण अत्यावश्यक कदम उठाउने’ पेन्टागनले बताएको छ ।

यसअघि ट्रम्पले सुलेमानीको हत्याको बदलामा इरानले आक्रमण गरेमा इरानमाथि जवाफी प्रहार गर्ने वाचा गरेका थिए ।इरान र अमेरिकाको युद्ध भएमा मध्य–पूर्वको तेल आपूर्तिमा नराम्रो धक्का लाग्ने भएकाले लगानीकर्ता उच्च सतर्क अवस्थामा छन् ।

तेलको मुल्यमा अचानकको वृद्धि विश्व अर्थतन्त्रलाई नै असर गर्नेछ । पछिल्लो समय कमजोर उत्पादन गतिविधिका कारण संघर्षरत विश्व अर्थतन्त्रको लागि यो राम्रो संकेत होइन ।

२०७६ पुस २३ गते प्रकाशित

वि.सं.२०७६ पुस २३ बुधवार ०९:२९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...