सरकारी जागिरमा अवसर : यति धेरै संख्यामा दरखास्त आह्वान, यसरी दिनुहोस् आवेदन !

काठमाण्डौ । लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पाँच सय पदमा विज्ञापन खुलाएको छ ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ ।

त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ । लोकसेवा आयोगको काठमाण्डौ, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिनेछ ।

दरखास्त फारम लोक सेवा आयोगको वेबसाइट www.psc.gov.np बाट डाउनलोड गर्न सकिने छ ।

२०७६ पुस २३ गते प्रकाशित

२०७६ पौष २३ गते १२:४१ मा प्रकाशित

You can share this post!

लुम्बिनी विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

दोस्रो घण्टामा लगानीकर्ता वोमी लघुवित्तमा झुम्मिए

Related posts