एनएमबि बैंकको सभाबाट ६ जना संचालकहरु निर्वाचित

काठमाडौं । एनएमबि बैंकको २४ औं वार्षिक साधारण सभाले ६ जना संचालकहरु निर्वाचित गरेको छ ।

गत पुस २४ गते सम्पन्न सभाले संस्थापक शेयरधनीबाट ३ जना र सर्वसाधारण शेयरधनीबाट ३ जनालाई संचालक समितिका लागि निर्वा्चित गरेको हो ।

संचालक समितिमा संस्थापक समुहतर्फ पवनकुमार गोल्याण,एफएमओ नेदरल्याण्डसको तर्फबाट निको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले र सर्वसाधारणतर्फ शिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन रहेको जानकारी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दिइएको छ ।

२०७६ पुस २७ गते प्रकाशित

२०७६ पौष २७ गते १२:२६ मा प्रकाशित

You can share this post!

भर्खरै फेरि लोकसेवाले निकाल्यो यस्तो सूचना

साल्ट ट्रेडिङको ३५ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

Related posts